Ad image

रोल्पाको त्रिवेणीमा माओवादी र कांग्रेस निकट २५ जना एमाले प्रवेश

मालश्री खबर
मालश्री खबर ८ श्रावण २०८०, सोमबार
2 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर श्रावण ८ गते रोल्पा ।

त्रिवेणी गाउँपालिका २ नुवागाउँका २५ जना नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) त्रिवेणी गाउँपालिका वडा नं. २ नुवागाउँ रोल्पा द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि २५ जना नेता कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेको प्रेस चौतारी रोल्पाका सचिव अमृत वलीले मालश्री खबरलाई जानकारी दिनु भएको छ ।

पार्टी प्रवेश कार्यक्रमका प्रमुख अथिति नेकपा एमाले केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज जीवन गौतमले नव प्रवेशीहरुलाई बधाई दिदै त्रिवेणी गाउँपालिका वडा नम्बर २ मा एमालेको संगठनलाई अझै सशक्त बनाउन सबै लागि पर्नेमा जोड दिनुभयो । एमालेले देश विकासमा महत्वपुर्ण योगदान गरेको भन्दै आगामी दिनमा आफ्नो संगठनलाई देशभरनै बलियो ढंगले प्रस्तुत गर्ने गरी अगाडी बढिरहेको बताउनु भयो ।

- Advertisement -
Ad image

प्रतिनिधि सभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सदस्य एवम कार्यक्रमका विशिष्ट अतिथी ईस्वरी जिएमले रोल्पामा एमालेको संगठनलाई बलियो रुपमा प्रस्तुत गर्दै लैजाने बताउनु भएको छ । आफु सांसद भएको अवगत गराउदै रोल्पा र रोल्पाली जनताको हक हितकोलागि सदनमा जनताको प्रतिनिधित्व हुने गरी सधै आवज उठाउने बताउनुभएको छ ।

कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एंवम त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगर, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य सावित्रा बुढा घर्ती, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य ओमराज घर्ती, नेकपा एमाले रोल्पा जिल्ला कमिटी अध्यक्ष बालाराम बुढा, नेकपा एमाले रोल्पा जिल्ला कमिटी सचिव अमृत बुढा लगाएत पालिका कमिटीका पदाधिकारीहरुको आतिथ्यता रहेकोे थियोे ।

प्रतिक्रिया दिनुहोस्

Array