Ad image

वि.पी. कोइराला स्मृति दिवसमा रोल्पाका विभिन्न ठाउँमा वृक्षा रोपण

मालश्री खबर
मालश्री खबर ६ श्रावण २०८०, शनिबार
2 Min Read
Aa

मालश्री खबर, श्रावण ६ गते रोल्पा ।

नेपाली कांग्रेस नगर कार्य समिति रोल्पा नगरपालिकाले बृक्षा रोपण गरेको छ । प्रथम जन निर्वाचित प्रधानमन्त्री विपी कोइरालाको ४१ औ स्मृति दिवसको अवसरमा वृक्षा रोपाण गरीएको नगर कार्य समितिले जानकारी दिएको छ ।

नेपाली कांग्रेस नगर कार्य समिति रोल्पा नगरपालिकाको आयोजनामा वडा नम्बर ४ को बागेश्वरी आधारभूत विद्यालयको परिषरमा २५ वटा धुपी सल्लाका बिरुवा, १५ वटा मालागिरी र ५ वटा टिमुरका बिरुवा रोपिएको नेपाली कांग्रेस नगर कार्य समिति रोल्पा नगरपालिकाका सभापती चन्द्रप्रकाश आचार्यले बताउनु भएको छ । वडा नम्बर ४ का जेष्ठ नागरीक कृतिबहादुर विष्टबाट वृक्षारोपाण कार्य सुभारम्भ गरीएको थियो ।

वृक्षा रोपाण कार्यक्रममा नेपाली कांग्रेसका सभापति किशोरकुमार आचार्य, पुर्व पार्टी सभापटिद्घय माधवप्रसाद आचार्य, कृष्णबहादुर घर्ति, पुर्ब कोषाध्यक्ष गोविन्द प्रसाद आचार्य, नेपाली कांग्रेसका उपाध्यक्ष कविता उपाध्याय, सचिव सेरबहादुर थापा जिल्ला कार्य समितिका सदस्य बसन्तराज शर्भा, तरुणदलका जिलला कार्य समितिका सचिव लिलाधर आचार्य, नेपाली कांग्रेस रोल्पा नगरपालिका ४ का वडा सभापति रामबहादुर बुढाथोकी, १ नमबर वडा सभापति अतिराम कवर लगाएतको उपस्थिति रहेको थियो ।

- Advertisement -
Ad image

स्मृति दिवसको अवसरमा विद्यालय परिसर भित्र वृक्षा रोपण गरेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिजंग गुरुङले नेपाली कांग्रेस नगर कार्य समिति रोल्पालाई धन्यवाद व्यक्त गर्नु भएको छ ।

त्यस्तै ४१ औँ वि पी स्मृति दिवसको अवसरमा सुनिलस्मृति गाउँपालिका वडा नमबर ३ मिझिङको घायथानमा पनि वृक्षारोपाण गरीएको छ । साथै घायथानमा गत सालमा लगाईएको विरुवाको गोडमेल गरेको बताइएको छ ।

दक्षिण रोल्पाको रुन्टीगढी गाउँपालिकामा नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले पनि महामानव एवम् साहित्यकार तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वि.पी कोइरालाको स्मृतिमा वृक्षारोपण गरेको खबर प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array