Ad image

जनतासँग अध्यक्ष संवाद कार्यक्रम प्रभाबकारी बनेको छ – अध्यक्ष सुक बहादुर बुढा मगर

मालश्री खबर
मालश्री खबर ६ श्रावण २०८०, शनिबार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर
मालश्री खबर, साउन ६ रोल्पा ।

परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले जनतासँग अध्यक्ष संवाद कार्यक्रमले सार्वजनिक कार्यक्रमको सुनुवाइ गर्ने काम गरेको बताउनु भएको छ । आर्थिक बर्ष २०७९÷०८० को योजना तथा कार्यक्रमको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो ।

बुढा मगरले गत आर्थिक बर्षमा आफूले आमा नागरिकहरुको गुनासो सुन्न र त्यहाँ भएका समस्याहरुलाई बुझ्नका लागि आफू परिवर्तन गाउँपालिका भित्रको विभिन्न टोल–टोलमा पुगेको थिए, उनले भने । साथै जसले गर्दा आफूलाई समस्या बुझ्न् सजिलो भएको र आर्थिक बर्षमा पनि त्यो कार्यक्रम लगेर गाउँको टोल –टोलमा जानेछु,बुढाले भने । हिजो देखि लागु हुने गरि परिवर्तन गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र रहेका विभिन्न शाखा वा व्यक्तिसँग कुनै गुनासो, जिज्ञासा,सल्लाह सुझाव र प्रतिक्रिया भए बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सिधै टोल फ्री नम्बरमा फोन गर्ने व्यवस्था गरिएको छ ।

- Advertisement -
Ad image

कोही कसैसँग गुनासो भए आफ्नो नाम ठेगाना गोप्य राखेर पनि आफ्नो गुनासो र जिज्ञासा राख्न सकिनेछ । जसको लागि हामी निःशुल्क टोल फ्री नम्बर १८१०५०००००२ मा सम्पर्क गर्नु होला र गर्न सक्ने व्यवस्था गरेका छौं–उनले भने ।

प्रतिक्रिया दिनुहोस्

Array