रोल्पाको अरेशमा तिजको नाँचगानमा प्रतिबन्ध

मालश्री खबर
मालश्री खबर ६ श्रावण २०८०, शनिबार
1 Min Read
Aa

भरत विश्वकर्मा/
मालश्री खबर, श्रावण ६ गते रोल्पा ।

सुनिलस्मृति गाउँपालिकाको वडा नम्बर ८ को वडा कार्यालय अरेशले तिजको नाँचगान गर्नमा प्रतिबन्ध लगाएको छ ।

वडा कार्यालयले शुक्रबार एक सुचना सार्वजनिक गर्दै तिज पर्व आउन लामो समय भएको कारण लामो समय अगाडीनै तिजको नाँजगान गर्दा समाजमा विकृती, विसंगतीको साथै विद्यार्थीको पढाईमा समेत असर पुग्ने भएकोले श्रावण ३ गते बसेको वडा समितिको वैठकोले यस्तो निर्णय गरेको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष धनराज रोकाले जानकारी दिनुभएको छ ।

तिजको नाँचगान भदौको १५ गते सम्म नर्गनको लागि वडा कार्यालयले टोल विकास संस्थाहरु, लगाएत सम्पुर्णलाइ आफ्नो टोलहरुमा तिजको नाँचगान गर्न नदिनकाे लागि अनुरोध  गरेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्