Ad image

परिवर्तन गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्दै

मालश्री खबर
मालश्री खबर ३ श्रावण २०८०, बुधबार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर/मालश्री खबर,

श्रावण ३ गते रोल्पा ।

रोल्पाको परिवर्तन गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० को योजना तथा कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ।

- Advertisement -
Ad image

शुक्रबारका दिन गाउँपालिकाको केन्द्र पुतलाचौरमा आफ्नै बहुउद्देश्यीय सभाह्लमा आर्थिक बर्ष २०७९/०८० को योजना तथा कार्यक्रमको सार्वजनिक सुनुवाइ गर्न लागेको हो।

सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा अध्यक्ष तथा वडा सचीवहरु लगायत वडामा रहेका पूर्व अध्यक्षहरु(दोहोरिएका बाहेक), टोल विकास संस्थाका संयोजकहरु, वडा स्तरीय खेलकुद विकास समितिका अध्यक्षहरु, निम्नमाध्यमिक विद्यालय तह र माध्यमिक विद्यालय तहका प्रधानाध्यापकहरु, युवा क्लबका अध्यक्षहरु र आमा समूहका अध्यक्षहरुलाई शुक्रबारका दिन ठिक ११ बजे उपस्थित भइदिन परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम द्वारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख गरिएको छ।स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७८ को ५ बमोजिम(छ/छ महिनामा सार्वजनिक सुनुवाइ गर्ने व्यवस्था अनुसार) परिवर्तन गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० को योजना तथा कार्यक्रम गर्न लागिएको परिवर्तन गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array