Ad image

रोल्पाको लुंग्री गाउँपालिका–५ मा विषालु च्याउ खाँदा बिरामी भएका एकै परिवारका तीन जनाको मृत्यु

मालश्री खबर
मालश्री खबर ३१ असार २०८०, आईतवार
1 Min Read
Aa

मालश्री खबर, असार ३१ गते रोल्पा ।

रोल्पाको लुंग्री गाउँपालिका–५ मा विषालु च्याउ खाँदा बिरामी भएका एकै परिवारका तीनै जनाको मृत्यु भएको छ ।

असार २५ गते जंगली च्याउ खाएपछि विरामी भएका उनीहरूलाई थप उपचारका लागि भैरहवा पठाइएको थियो ।

उपचारकै क्रममा आमा र २ छोराको निधन भएको हो । असार २५ गते जंगली च्याउ खाएका ३५ वर्षीया भिमा गुरुङ,११ वर्षको सुशील गुरुङ र ६ वर्षको प्रेम गुरुङ बिरामी परेका थिए । उनीहरू आमा छोरा हुन् ।

- Advertisement -
Ad image

बिरामी भएपछि उनीहरूलाई अस्पताल पुराइएको थियो तर स्थानीय तहमा उपचार हुन नसकेपछि थप उपचारका लागि भैरहवा पठाइएको थियो । उपचारकै क्रममा तीनै जनाको निधन भएको हो ।

प्रेमको अस्ति, सुशीलको हिजो र भिमाको आज निधन भएको लुंग्री गाउँपालिका–५ का अध्यक्ष रिखबहादुर रोकाले जानकारी दिए । उनले लुम्बनी सञ्चारसँग भने,“विषालु च्याउ खाँदा बिरामी परेका ३ जनाको नै निधन भएको छ । हाम्रा साथीहरू जाँदै हुनुहुन्छ ।”  लुम्बिनी सञ्चार

 

प्रतिक्रिया दिनुहोस्

Array