Ad image

डाक्टरद्वय ओली र कुंवरलाई सत्प्रयास समूहले ग¥यो सम्मान तथा विदाइ

मालश्री खबर
मालश्री खबर ३० असार २०८०, शनिबार
4 Min Read
Aa

उमा बस्नेत / मालश्री खबर असार ३० गते रोल्पा ।

सत्प्रयास समूह रोल्पाले रोल्पा अस्पताल रेउघामा कार्यरत डाक्टरहरुलाई सम्मान तथा विदाइ गरेको छ । शनिबार सदरमुकामा लिवाङमा एक कार्यक्रमका विच रोल्पा अस्पतार रेउघा रोल्पामा कार्यरत मेडिकल अधिकृत डाक्टर आधार वली र डेन्टर सर्जन डाक्टर पुजा कुंवरलाई सम्मान तथा विदाई गरेको हो ।


लुम्बिनी प्रदेश सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी दिपेन्द्र पुन मगर र कार्यक्रमका विशिष्ट अतिथी तथा जिल्ला समन्वय समितिका उप–प्रमुख कर्मलाल परियारले डाक्टरद्वय ओली र कुंवरलाई अविर लागाई खादा र प्रमाणपत्र सहित सम्मान गर्नुभएको हो । सत्प्रयास समुह सँग हातेमालो गर्दै सत्प्रयास समुहले आयोजना गर्ने स्वास्थ्यसँग सम्बन्धित कार्यमा जोडिएर स्वास्थ्यको क्षेत्रमा साथ सहयोग गरेको भन्दै डाक्टरद्वय ओली र कुंवरलाई सम्मान गरेको सत्प्रयास समूह रोल्पाले जानकारी दिएको छ ।

सत्प्रयास समूहका सदस्य तथा रोल्पा अस्पताल रेउघाका सूचना अधिकारी कुलबहादुर डाँगीले सत्प्रयास समूहले गरेका गतिविधिको बारेमा जानकारी दिनु भएको थियो । साथै डाँगीले सत्प्रयास समूहसँग जोडिएर सिमित स्रोत साधनको बावजुट पनि स्वास्थ्यमा महत्वपूर्ण योगदान दिएकोमा डाक्टरद्वय ओली र कुवरलाई धन्याबाद व्यक्त गर्दै जुन ठाउँमा गएपनि रोल्पाली जनताले सधै स्मरण गरीरहने बताउनुभयो । साथै रोल्पा अस्पतालमा स्रोत साधानको अभाव भएकाले त्यसको पूर्ति गर्नको लागि सरकारसँग आग्रह समेत गर्नुभएको छ ।

- Advertisement -
Ad image

लुम्बिीन प्रदेश सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी दिपेन्द्रकुमार पुनले रोल्पा जिल्लामा आएर विभिन्न समस्याका विचमा पनि रोल्पाका जनताको सेवा गरेकामा डाक्टरद्वय ओली र कुवरलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ । सैद्धान्तिक रुपमा पढेका कुरालाई प्रयोगात्मक रुपमा लागू गर्दा त्यसमा निहित विषयबस्तुको बारेमा प्रष्ट भईने हुदा रोल्पा आएर रोल्पाली जनताको सेवासँगै आफ्नो विषयबस्तुको ज्ञानलाई फराकिलो ढंगले बढाएको हुदा आगामी यात्रामा सहजताका साथ अगाडी बढ्न डाक्टरद्वय ओली र कुंवरलाई थप टेवा पुग्ने विश्वास लिएको बताउनु भयो ।

देश संघियतामा गए पश्चात रोल्पाका सबै स्वास्थ्य संस्थामा कर्मचारी वाडँफाडँ गर्नु पर्ने भएकाले स्रोत साधान जुटाउन अभाव भएको भन्दै कर्मचारीलाई केन्द्रिकृत गरेर एकै ठाउँबाट सेवा प्रवाह गर्न सके गुणस्तरीय सेवा प्रवाह गर्न सकिने पुनको भनाई छ । जिल्लामा सम्पुर्ण स्थानियत तहमा जोडिएका सडक सुधार गराए पश्चात जिल्लामा नै प्रयाप्त स्रोत साधनको व्यवस्था मिलाई रोल्पाली जनातालाई जिल्ला बाहीर जान पर्ने बाध्यता हट्ने पुनले बताउनु भयो ।


डेन्टर सर्जन डाक्टर पुजा कुंवरले रोल्पामा ३० महिना काम गर्दै गर्दा दाँत सम्बन्धी समस्या भएका विरामीहरुले दाँत फाल्नु मात्र विकल्प नभई दाँतलाई उपचार गर्न पनि सकिन्छ भन्ने सन्देश दिन सकेको बताउनु भएको छ । सुरुमा आफु रोल्पा अस्पतालमा आउदै गार्द दाँत दुख्यो भने फाल्ने नै उक्तम उपाय हो भनेर डाक्टरको कुरा नसुन्ने दाँतका विरामीलाई सचेत बनाउन सकेकोे र दाँतलाई सुरक्षित राख्नको लागि दाँत सफा गर्ने तरीका सिकाएको बताउनु भएको छ । सत्प्रयास समूहले गाउँगाउँमा गई शिविर सञ्चालन गरी दाँतको बारेमा सचेतना फैलाएकोले पनि दाँतका विरामीमा यस्तो परिवर्तन ल्याउन सफलभएकाले सत्प्रयास समुहप्रति कृतज्ञता व्यक्त गर्नुभयो । रोल्पामा आई सेवा गर्दै गर्दा साथ सहयोग गर्ने सहकमर्मी साथी, सत्प्रयास समूह, विभिन्न पत्रकार, ,रोल्पाली जनता लगाएत सम्पुर्ण सरोकारवालालाई सधै सम्झिरहने र आफु जहाँ गएपनि विरामीको सेवामा सधै लागिरहेने बताउनु भएको छ ।

स्रोत साधनको अभावका बावजुट पनि रोल्पामा ३ वर्ष बढी रोल्पाली जनताको सेवा गर्न पाउँदा आफुलाई निकै खुसी लागेको मेडिकल अधिकृत डाक्टर आधार वलीले बताउनु भएको छ । रोल्पा अस्पताल रेउघा र सत्प्रयास समूहसँग जोडिएर रोल्पाली जनताको सेवा गर्दै गर्दा साथ सहयोग गर्ने सबै प्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । साथै उहाँले सत्प्रयास समूहले चालेको अभियान स्वागत योग्य भएको भन्दै रोल्पाका दुरदराजमा अझै समय–समयामा विभिन्न स्वास्थ्य सम्बन्धी निःशुल्क शिविरको आवश्यकता भएकाले सबैसँग समन्वय गरी यस कार्यलाई निरन्तरता दिन सत्प्रयास समूहलाई आग्रह समेत गर्नुभएको छ ।

सत्प्रयास समूहका सदस्य काशीराम डाँगीको अध्यक्षतामा सुरुभएको कार्यक्रममा विभिन्न स्वास्थ्यकर्मी, सत्प्रयास समूहका सदस्य, विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन सत्प्रयास समूहका सदस्य शेरबहादुर थपाले गर्नु भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस्

Array