Ad image

म्याद सकिएका अखाद्य वस्तु र अवैध घरपालुवा मदिरा नष्ट

मालश्री खबर
मालश्री खबर २९ असार २०८०, शुक्रबार
2 Min Read
Aa

मालश्री खबर, असार २९ गते रोल्पा ।

सदमुकाम लिबाङ बजार अनुगमनका क्रममा फेलापारीएका म्याद गुज्रिएका सामाग्री र अवैध घरपालुवा मदिरा सामाग्री जफत गरि नष्ट गरिएको छ । असार २८ गते घरेलु तथा साना उद्योग कार्यलय रोल्पाको अगुवाइमा जिल्ला प्रसाससन कार्यालय, जिल्ला प्रहरी कार्यालय, पत्रकार, उद्योग बाणिज्य संघ लगाएत सरकोरवाला पक्षहरु सँगको उपस्थितमा बजार अनुगमका क्रममा भेटिएको म्याद गुज्रिएको अखाद्य सामाग्रीहरु र अवैध घरपालुवा मदिरा नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय रोल्पाले जानकारी दिएको छ ।

रोल्पा नगरपालिका वडा नम्बर ४ लिवाङ बजार स्थित बालमन्दिर टोल र लरिखोला टोलमा सञ्चालित दैनिक उपभोग्य वस्तुहरु विक्रि वितरण गर्ने भनि पसलहरुमा र होटेलहरुमा राखिएको म्याद गुज्रिएको अखाद्य सामाग्रीहरु र अवैध घरपालुवा मदिरा जफट गरि नस्ट गरिएको साहेक प्रमुख जिल्ला अधिकारी लेखनाथ खतिवडा बताउनु भएको छ ।

- Advertisement -
Ad image

बजार अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका अखाद्य बस्तुु तथा अवैध घरपालुवा बस्तुहरुमा फेन्टा ११ बोटल, पराउन चकलेट १ सय पिस, बिस्कुट २० पिस, पेटपुजा र रमपम चाउचाउ ३ पेटि, पवार सुप ४५ वटा, चकलेट ४ डिब्बा, पानी पुरी ४ पट्टा, सेतो मरिस ५ पोका, खुर्सानी ३ पट्टा, साईबिन ५ केजी, आटा २० केजी, खैनी १३ पोका, नेहा १ पका, लोकल रक्सि २३ लिटर र जाँड ८ ड्रम बरामड गरि नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका कार्यालय प्रमुख तथा उद्योग अधिकृत ताराप्रसाद शर्माले जानकारी दिनुभएको छ ।

अवैध मदिरा तथा अखाद्य दैनिक उपभोग्य वस्तुहरुको नष्ट कार्यमा साहेयक प्रमुख जिल्ला अधिकारी लेखनाथ खतिवडा, घरेलु तथा साना उद्योग विकास समिति रोल्पाका कार्यालय प्रमुख उद्योग अधिकृत ताराप्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक देविराम भण्डारी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका सचिव लोकेन्द्र चन्द, जिल्ला प्रशासन कार्यालय रोल्पाका नायव सुब्बा अमर केसी, रेडियो मालश्रीका पत्रकार भरत बिश्वकर्मा लगाएतका व्यक्तिहरुको रोहवरमा नष्ट गरिएको थियो ।

जफत गरिएको साम्राग्रीहरुको नस्ट पछि साहेक प्रमुख जिल्ला अधिकारी लेखनात खतिवडाले बजार अनुगमन कार्यलाई थप प्रभावकारी बनाएर निरन्तरता दिने बताउनु भएको छ । सबै व्यापारिहरुले म्याद गुज्रिएको सामग्रहरुलाई बिक्रि नगरेर छुट्टै राख्न समेत आग्रह गर्नु भएको छ ।

   

प्रतिक्रिया दिनुहोस्

Array