Ad image

एसईईमा उत्कृष्ट विद्यार्थीलाई लुङग्री गाउँपालिकाले सम्मान गर्यो

मालश्री खबर
मालश्री खबर २९ असार २०८०, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर, असार २९ गते रोल्पा

कक्षा ८ र एसईईमा उत्कृष्ट विद्यार्थीलाई लुङग्री गाउँपालिकाले प्रमाण पत्र र नगद सहित सम्मान गरेको छ ।

लुङग्री गाउँपालिका भित्रका कक्षा ८, एसईईमा उत्कृष्ट भएका विद्यार्थी तथा विद्यालय, राष्ट्रपति रनिङ शिल्ड लिबाङमा स्वर्णपदक प्राप्त गर्ने खेलाडिलाई लुङग्री गाउँपालिकाले बिहिबार प्रमाण तथा नगद सहित सम्मान गरेको गाउँपालिकाले जनाएको छ ।

सम्मानित हुनेमा २०७९ सालको एसईईमा गोकुल माद्यामिक विद्यालय लुङग्री गाउँपालिका २ सिर्प विद्यार्थी राम कृष्ण घर्तीले ३.३ जिपिए, टीका थापाको २.८५ जिपिए, सामाजिक माद्यामिक विद्यालय धाराखर्कका भोविता घर्तीमगरले २.८५ जिपिए ल्याएर सम्मानित भएका हुन् ।

- Advertisement -
Ad image

त्यस्तै आधारभुत विद्यालय तर्फबाट सर्वोउत्कृष्ट अंक लिएर कक्षा आठ अन्तरगत हिक्मते स्वारी आधारभुत विद्यालय लुङग्री गाउँपालिका २ सिर्पका विद्यार्थी हिमाल घर्ती क्षेत्री, माद्यामिक विद्यालय छेउदरका भिमा रोका मगर लगाएत विद्यार्थी र शिक्षकहरू लाई प्रमाण पत्र र नगद सहित समान गरिएको थियो ।

सम्मान कार्यक्रममा लुङग्री गाउँपालिकाका अध्यक्ष भरतकुमार थापा, प्रमुख प्रशासकीय अधिकृत धर्मराज बुढा, लुङग्री गाउपालिका शिक्षा शाखा प्रमुख भेष बहादुर विष्ट लगाएतको उपस्थित रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array