Ad image

रुन्टिगढी गाउँपालिका ४ का वडा अध्यक्ष टंकबहादुर पुनको उपचारको क्रममा मृत्यु

मालश्री खबर
मालश्री खबर २७ असार २०८०, बुधबार
1 Min Read
Aa

मालश्री खबर,असार २७ गते रोल्पा ।

रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर-४ का वडा अध्यक्ष टंकबहादुर पुनको बिरामीको कारण बुधबार मध्यान्ह मृत्यु भएको छ । स्क्रब टाइफस रोगका कारण बिरामी भएका पुनको दाङस्थित अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

रुन्टिगढि गाउँपालिकाका अध्यक्ष जनक पुनले बुधबार दिउँसो १२ बजे मृत्यु भएका पुनलाई रोल्पाबाट उपचारका लागि अघिल्लो दिन दाङको घोराहीमा रहेको राप्ती प्राविधिक स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको र पुनको मृत्यु अस्पतालले स्क्रब टाइफसका कारण बिरामी भएको र उपचारको क्रममा मृन्यु भएको जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

३९ वर्षीय पुन नेपाली कांग्रेस बाट रुन्टिगढी गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

३९ वर्षीय पुनको मृत्यु भएपछि नेपाली कांग्रेस रोल्पाले समेत दुःख व्यक्त गरेको छ । नेपाली कांग्रेस जिल्ला सचिव शेरबहादुर थापाले शोक व्यक्तव्य जारी गर्दै एउटा होनहार, इमान्दार र लोकप्रिय स्थानीय नेता गुमाएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array