Ad image

बुवाको स्मृतिमा जेहेन्दार बालबालिकालाई शैक्षिक सामाग्री वितरण

मालश्री खबर
मालश्री खबर २७ असार २०८०, बुधबार
2 Min Read
Aa

मालश्री खबर, असार २७ गते रोल्पा ।

माडी गाउँपालिकाका लक्ष्मी घर्तिमगरले बुवाको पुन्यतिथिको स्मृतिमा विद्यालयका जिहेन्दार तथा बिपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्नु भएको छ ।

माडी गाउपालिका वडा नम्बर ३ का समाजसेवी लक्ष्मी घर्तिमगरले आफ्नो बुवाको पुन्यतिथिको स्मृतिमा कृष्ण मावी माडी गाउँपालिका वडा नम्बर २ घर्तिगाउँका कक्षा १ देखी १० सम्मका जिहेन्दार तथा बिपन्न २० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्नु भएको हो ।

लक्ष्मी घर्तिमगरले आफ्नो आमा बुवाको सम्झनामा हरेक पटक यस्तै खाले सामाजिक गतिविधी विगत देखी नै गर्दै आउनु भएको छ । शैक्षिक सामग्री वितरण कार्यक्रमका प्रमुख अतिथि माडी गाउँपालिकाका उपाध्यक्ष जुनमाया घर्तीमगरले यस्तो सकारात्मक कदमको प्रशंसा गर्नुभयो । उपाध्यक्ष घर्तिमगरले आफू बुवा आमा विहिन टुहुरो जीवन बिताउदाको दुख र संघर्षबाट शिक्षा लिन आवश्यक रहेको र रचनात्मक सोचाइ र संस्कारको विकसित हुने हो भने हाम्रो समाज छिट्टै परिवर्तन हुन संक्ने भन्दै लक्ष्मी घर्तिमगरलाई यस्तो प्रशंसनिय काम गरेको प्रति धन्यावाद दिनुभयो ।

- Advertisement -
Ad image

विद्यालय परिवारले आफ्नो विद्यालयका जिहेन्दार तथा बिपन्न बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्नु भएकोमा लक्ष्मी घर्तिमगरलाई धन्यावाद दिएको छ ।

कृष्ण माध्यामिक विद्यालयका विद्यालय व्यबस्थापन समितिका अध्यक्ष मधुसुधन बुढाको अध्यक्षता सुरु भएको कार्यक्रमको प्रमुख अतिथीमा माडी गाउँपालिकाका उपाध्यक्ष जुनमाया घर्तिमगर रहनु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य कृष्ण मा वि का प्रधानाअध्यापक बिष्णु प्रसाद आचार्यले राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक यज्ञ बहादुर डागीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array