Ad image

प्रथम बागमारा महोत्सव सम्पन्न

मालश्री खबर
मालश्री खबर २६ असार २०८०, मंगलवार
4 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर
मालश्री खबर, असार २६ रोल्पा ।

प्रथम बागमारा सांस्कृतिक, कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८० सम्पन्न भएको छ । ‘ब्याडमिन्टन खेल विकासको लागि हाम्रो अग्रसरता,स्वस्थ समाज निर्माणको लागि हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ १३ असार देखि २७ असार सम्म आयोजना गरिएको थियो ।

परिवर्तन गाउपालिका ३, बागमारामा रहेको प्रगतिशील ब्याडमिन्टन क्लबको आयोजना र बागमारा बजार व्यवस्थापन समितिको सह–आयोजनामा असार १३ गत्ते देखि २७ गत्ते सम्म महोत्सवको आयोजना गरिएको थियो ।

- Advertisement -
Ad image

२४ गते बसेको बागमारा बजार व्यवस्थापन समितिको बैठकले गरेको आन्तरिक बजारको निर्णय अनुसार २ दिन घटाउने गरि २५ गतेसम्म आयोजना गरि प्रथम बागमारा सांस्कृतिक, कृषि, पर्यटन तथा ब्यापार महोत्सव २०८० को सोमबार सम्पन्न गरिएको हो ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय रोल्पाले पनि असार २३ गतेसम्म मात्र सञ्चालन गर्न अनुमति दिएको थियोे । प्रथम बागमारा सांस्कृतिक, कृषि, पर्यटन तथा व्यापार महोत्सवमा परिवर्तन गाउँपालिका भित्र रहेका कला संस्कृति, उत्पादन भएका कृषि बस्तु, धार्मिक तथा महत्त्वपूर्ण पर्यटकीय स्थल र व्यापार गर्नका लागि विभिन्न स्थलहरु राखिएको थियोे ।

करिब १३ दिन सम्म सञ्चालन भएको महोत्सवमा आयोजकलाई त्यति घाटा पनि नभएको र त्यति नाफा पनि नभएको बताइएको छ । प्रगतिशील ब्याडमिन्टन क्लबका अध्यक्ष प्रेम कुमार बुढा मगरको अध्यक्षमा भएको समापन कार्यक्रमको परिवर्तन गाउँपालिका–३ का वडा अध्यक्ष खिम विक्रम चन्दको प्रमुख आतिथ्य र नेकपा परिवर्तन गाउँ समितिका इन्चार्ज पृथ्वी विक्रम डाँगी सीको विशिष्ट आतिथ्यता रहेको थियोे ।

परिवर्तन गाउँ कार्यपालिका सदस्य फर्मिला महर, नेपाली कांग्रेस परिवर्तन गाउँपालिका–३ का वडा एकाई सभापति दिपेन्द्र थापा, नेकपा परिवर्तन गाउँ समितिका सेक्रेटरी हिरालाल खड्का सी,नेकपा जिल्ला सदस्य भक्त रिजाल सी, नेरा नमूना मावि थप प्राविधिक तथा व्यावसायिक विद्यालय राङ्कोटका प्रधानाध्यापक गोपाल बहादुर केसी,ईलाका प्रहरी चौकी बागमाराका प्रमुख झलक बुढा मगर र जनवादी गायक झन्कार बुढा मगर लगायतको आतिथ्यता रहेको थियो ।

महोत्सव समाप्न कार्यक्रममा कार्यक्रम संयोजक सुरेन्द्र प्रकाश गिरीले स्वागत तथा महोत्सव अवधि भएको समिक्षा समेत गर्नु भएको थियो भने समाप्न कार्यक्रमको सञ्चालन बागमारा बजार व्यवस्थापन समितिका सचीव गोविन्द वलीले गर्नु भएको थियो।साथै महोत्सवमा सिनियर ब्याडमिन्टन प्रतियोगिता पनि राखिएको थियोे ।

जसमा २३ टिमको सहभागिता रहेको थियो।जसमा प्रथम गोविन्द वली र रोहित वली भएका हुन नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । द्वितीय सन्तोष सुनार र पञ्चराम बुढा भएका हुन नगद ७ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नु भएको हो।तृतीय गोविन्द पुन र निश्चल केसी भएका हुन नगद ५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

सान्त्वना प्रेम कुमार बुढा मगर र कलम गहतराज भएका हुन नगद ४ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । जुनियर ब्याडमिन्टन प्रतियोगितामा प्रथम निश्चल केसी र एन्जिला पुन भएका हुन नगद ७ हजार सहित प्रमाणपत्र प्राप्त गरेका थिए।द्वितीय हरि रोका र हरि थापा भएका हुन नगद ५ हजार सहित प्रमाणपत्र प्राप्त गरेका थिए ।

तृतीय नवीन शर्मा र देव बहादुर बुढा भएका हुन नगद ३ हजार सहित प्रमाणपत्र प्राप्त गरेका थिए । सान्त्वना आदर्श बुढा र खकेन्द्र विक भएका हुन नगर १ हजार ५ सय सहित प्रमाणपत्र प्राप्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

Array