Ad image

अन्तराष्ट्रिय रोल्पाली सेवा समाजले आगलागी पिडितलाई आर्थिक सहयोग ग¥यो

मालश्री खबर
मालश्री खबर २५ असार २०८०, सोमबार
2 Min Read
Aa

उमा बस्नेत/
मालश्री खबर असार २५ गते रोल्पा 

अन्तराष्ट्रिय रोल्पाली सेवा समाजले आगलागी पिडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । थवाङ गाउँपालिका वडा नम्बर ३ मिरुल जेबारीका जमान बुढा मगरको गत वैशाख १० मा आगलागी भई घर पुर्णरुपमा जलेर नष्ट भएको थियो ।

पिडित बुढामगरलाई अन्तराष्ट्रिय रोल्पाली सेवा समाजले आर्थिक अभियान सञ्चालन गरी रु १ लाख ३० हजार आर्थिक सहयोग प्रदान गरेको हो । उक्त रकम असार २४ गते (आइतबार) पिडित बुढामगरको परिवारलाई हस्तान्तरण गरीएको अन्तराष्ट्रिय रोल्पाली सेवा समाजले जानकारी दिएको छ ।

पिडित परिवारलाई आर्थिक सहयोग गर्नकोलागि अन्तराष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रिय सचिव रमेश बुढामगरको संयाजकत्वमा आर्थिक अभियान सञ्चान गरेको थियो । अन्तराष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रिय अध्यक्ष डिलारामा वलीको अध्यक्षतामा आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम भएको थियो ।

- Advertisement -
Ad image

आर्थिक सहयोग रकम हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथीमा थवाङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला बुढामगर रहनु भएको थियो । विशिष्ट अतिथीमा थवाङ गाउँपालिकाका वडा नम्बर ३ मिरुलका वडा सदस्य धनबल रोकामगर रहनु भएको थियो ।

समाजसेवी हेमन्त बुढामगर, अन्तराष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रिय सचिव रोशन गिरी, केन्द्रिय सदस्य धनमाया रोका, समाजसेवी प्रवेश रोकामगर, सेमसार आमा समुहका अध्यक्ष राजकुमारी बुढामगर, समाजसेवी केशर बुढामागर, विवेक पुन, विभिन्न सञ्चार माध्ययमा कार्यरत पत्रकार लगाएत स्थानियको उपस्तिथीमा पिडित बुढामगरलाई आर्थिक रकम सहयोग गरेको अन्तराष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रिय अध्यक्ष डिलारामा वलीले जाकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array