Ad image

सुनिलस्मृति गाउँपालिकाको वित्तीय प्रगति ९३.६३ प्रतिशत

मालश्री खबर
मालश्री खबर २५ असार २०८०, सोमबार
1 Min Read
Aa

भरत विश्वकर्मा/मालश्री खबर,

असार २५ गते रोल्पा ।

सुनिलस्मृति गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को वित्तीय प्रगतिको  विवरण सार्वजनिक गरेको छ ।

सुनिलस्मृति गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को स्थानीय संचित कोष र विविध खर्च खाताबाट खर्च लेखाङ्कन सम्बन्धी कार्य असार २४ गते रातीको १२ बजेबाट बन्द भएको घोषणा गर्दै गाउँसभाबाट स्विकृत बार्षिक बजेट योजना तथा कार्यक्रमको वित्तीय प्रगती  सार्वजनिक गरेको  छ ।

- Advertisement -
Ad image

सुनिलस्मृति गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० मा प्रस्तावित आय ५९ करोड २० लाख ५५ हजार रुपैँयाको तुलनामा ८३.९ प्रतिशत र बास्तविक आय रु ५३ करोड ०९ लाख ३० हजार ९ सय रुपैयाँ को तुलनामा ९३.६३ प्रतिशत बजेट कार्यन्वयन भएको जानकारी दिएको छ ।

गाउँपालिकाले चालु तर्फ ३० करोड ८० लाख १३ हजार ६ सय रुपैँया अर्थात ८९.९६ प्रतिशत र पूँजीगत तर्फ १८ करोड ९१ लाख ३६ हजार ४ सय रुपैँया अर्थात ७५.७६ प्रतिशत गरी कुल ४९ करोड ७१ लाख ५० हजार १ सय रुपैँया खर्च गरेको सुनिलस्मृति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array