Ad image

रुन्टिगढी गाउँपालिका – ५ का अध्यक्षद्वारा काम नभएको योजना पास गर्न प्राबिधिकलाई दबाब

मालश्री खबर
मालश्री खबर २३ असार २०८०, शनिबार
2 Min Read
Aa

बिरेन्द्र घर्ति /असार २३ गते रोल्पा ।
रोल्पाको रुन्टिगढी गाउँपालिका वडा न. ५ का वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीद्वारा काम नभएको योजना पास गर्न प्राबिधिकलाई दबाब दिएको खबर सार्वजनिक भएको छ ।
एक स्थानियका अनुसार वडा न. ५ धौलवाङ प्रहरी चौकी नजिकै रहेको कुङग्री खेल मैदानको काम भएको छैन तर वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीले प्राबिधिकलाई योजना पास गर्न दबाब दिएको खबर बाहिरिएको बताउनुभयो ।

उहाँका अनुसार उक्त योजना वडा कार्यालयको २०७९/०८० बजेटमा विनियोजित बजेट हो । सो कुङग्री खेल मैदानको लागि रु. १,००,००० बजेट विनियोजित छ उहाँले भन्नुभयो ।

त्यस प्रश्रात हामिले उँहाको भनाई अनुसार यस बिषयमा वडा नं. ५ का प्राबिधिक महेश डि.सीलाई के हो भनेर सोधेका छौ ।

- Advertisement -
Ad image

के तपाईलाई काम नभएको योजना पास गर्न तपाइको वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीद्वारा दबाब आएको हो ?उहाँले वडा अध्यक्षको बचाउ गदै भन्नुभयो दबाब होइन, पास गर्नुपर्यो भनेर आग्रह चाहि गर्नुभएको थियो ।
तपाईलाई आग्रह गर्नु भनेको दबाब दिनु होइन र ?
उहाँले भन्नु भयो तपाई आफै बुझनुहोस ।
तपाईले त्यो योजना किन पास नगरेको ?
उहाँले भन्नु भयो योजना र स्टिमेट अनुसार काम भएको छैन, मैले गरिन ।
त्यहाँ कामै भएको छैन कि सामान्य काम भएर योजना पास गर्न खोजिएको ?
उहाँले भन्नुभयो काम गरेको जस्तो गरिएको छ, कुनै काम भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

Array