Ad image

सिमान्कृत समुदायका लागी जलबायू, न्यायिक सहभागिता, जवाफदेहितालाई सुद्धिद गर्ने कार्यक्रम लिबाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर २२ असार २०८०, शुक्रबार
2 Min Read
Aa

मालश्री खबर/असार २२ गते रोल्पा ।

सिमान्कृत समुदायका लागी जलबायू, न्यायिक सहभागिता मुलक निर्णय प्रक्रिया मार्फत स्थानिय लचिलोपन र जवाफदेहितालाई सुद्धिद गर्ने कार्यक्रम लिबाङमा सम्पन्न भएको छ । समता फाउण्डेशन को आयोजना र दलित महिला सचेतन केन्द्र ड्वाक नेपाल रोल्पाको समन्वयमा कार्यक्रम सम्पन्न भएको आयोजकले जानकारी दिएको छ । दलित महिला सचेतन केन्द्र ड्वाक नेपाल रोल्पाकि अध्यक्ष रेखा सुनारको स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रमका जिल्ला स्थित बिभिन्न सरोकारवाला पक्षहरुको सहभागिता रहेको थियो ।


कार्यक्रममा सिमान्कृत दलित समुदायको बर्तमान अवस्था, चुनौती, निर्णय प्रक्रियामा उनिहरुको सहभागिता, नितिगत पैरवीका सवालहरु, उनिहरुको न्यायिक सहभागिता, र जलबायूले पार्ने प्रभाबको बारेमा समता फाउण्डेशनका कार्यक्रम संयोजक राम पुकार महरले सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रमको खुल्ला छलफलमा कृषि ज्ञान केन्द्र रोल्पाका कार्यालय प्रमुख मणिकुमार सिंह, भू— तथा जलाधार व्यवस्था कार्यालय रोल्पाका कार्यालय प्रमुख रोर्बट महरा, नेपाल रेडक्रस सोसाइटी रोल्पाका सभापति डीबी टुहुरो, सिचाई डिभिजन कार्यालय रोल्पाका कार्यालय प्रमुख भेषराज भुषाल, नेपाल पत्रकार महासंघ रोल्पाका पुर्ब अध्यक्ष खेम बहादुर बुढा मगरले रोल्पामा जिल्लामा सिमान्कृत दलित समुदायको बर्तमान अवस्था, चुनौती, निर्णय प्रक्रियामा उनिहरुको सहभागिता, नितिगत पैरवीका सवालहरु, उनिहरुको न्यायिक सहभागिता, र जलबायूले पार्ने प्रभाबको बारेमा हाल देखिएका बिध्यमा अबस्था, यसलाई सुधार गर्न सकिने आधारहरुको बारेमा जानकारी गराउनुको साथै सुझाब दिनु भएको थियो ।

- Advertisement -
Ad image

कार्यक्रममा रोल्पा नगरपालिका मेयर सुरेन्द्र थापा घर्ति, रोल्पा नगरपालिका निबर्तमान मेयर पुर्ण केसि, रोल्पा नगरपालिका वडा न. ६ का वडा अध्यक्ष तुल बहादुर घर्तिमगर, वडा न. १० का वडा अध्यक्ष मतिलाल डाँगी, साहेक प्रमुख जिल्ला अधिकारी लेखनाथ खतिवडा, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर, रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष केशबकुमार आचार्य, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक देबिलाल भण्डारी, भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञकेन्द्र रोल्पका कार्यालय प्रमुख सुकईप्रसाद थारु, फेकोफन रोल्पाका सचिव तिर्था आचार्य लगाएत अन्य सरोकारवाला पक्षहरुको सहभागिता रहको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array