Ad image

गुडिरहेको बसमा करेन्ट लाग्दा घाइते थप एकको उपचारको क्रममा मृत्यु

मालश्री खबर
मालश्री खबर २१ असार २०८०, बिहीबार
1 Min Read
Aa

मालश्री खबर असार २१ गते, रोल्पा ।

गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा सल्यानमा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

छत्रेश्वरी गाउँपालिका ६ सल्यानका ३६ वर्षीय महेन्द्र वलीको उपचारको क्रममा मृत्यु भएको हो । महेन्द्र वली बसका धनी हुन् । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी सल्यानका सूचना अधिकृत एवं प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

- Advertisement -
Ad image

आज बिहान गुडिरहेको बसमा करेन्ट लागेर रोल्पाको गंगादेब गाउँपालिका –४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्जादी ४० वर्षका टोपलाल डाँगीको घटना स्थलमा नै मृत्यु भएको थियो ।

राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा १ ख ८३४ नम्बरको बसमा बसलाई छुँदा करेन्ट प्रवाह भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array