Ad image

ने.रा. मावि फगामको प्रअमा युवराज घर्तीमगरले गरे पदभार ग्रहण

मालश्री खबर
मालश्री खबर २१ असार २०८०, बिहीबार
3 Min Read
Aa

चित्र वियोग झाकृमगर
मालश्री खबर, असार २१ गते, रोल्पा ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुनछहरी गाउँपालिका ६ फगाम रोल्पाले शिक्षकलाई स्वागत बिदाइ र नव नियुक्त प्रधानाध्यापकलाई पदभार ग्रहण तथा बधाई कार्यक्रम बिहीवार एक औपचारिक कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ । शिक्षक सेवा आयोगबाट प्राथमिक तहमा स्थायी भइ आउनुभएका शिक्षक जसबिर पुनमगर, सृजना पुन मगर निम्न माध्यमिक तह करार नेपाली बिषय शिक्षक राम कुमारी रोकामगरलाई विद्यालयले स्वागत गरेको थियो। त्यस विद्यालयमा कार्यरत शिक्षक छायाँ कुवर प्राथमिक तहमा स्थायी भइ अन्यत्र विद्यालयमा जानुभएकोले शिक्षक कुवरलाई बिदाइ गरिएको विद्यालयले जानकारी दिएको छ ।


कार्यक्रममा विद्यालयको प्रधानाध्यापकमा नियुक्ति हुनु भएका युवराज घर्तीमगरले प्रधानाध्यापकको पदभार ग्रहण गर्नुभएको छ । निवर्तमान प्रधानाध्यापक धन बहादुर पुनले विद्यालयको सम्पुर्ण नगदसहित जिन्सी सामानको बरबुझारथ समेत गराउनु भएको छ। नव नियुक्त घर्ती मगर सुनछहरी गाउँपालिका शिक्षा नियमावली, २०७४ परिच्छेद ९ नियम ५० सामुदायिक बिद्यालयमा प्रधानाध्यापक छनौट नियुक्ति कार्यविधि , २०७९ अनुसार प्रधानाध्यापक पदमा नियुक्त हुनुभएको हो ।


शिक्षक देउमन रोका क्षेत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको प्रमुख अतिथिमा सुनछहरी गाउँपालिका प्रवक्ता तथा ६ नम्बर वडा अध्यक्ष अमरजित पुन मगर रहनु भएको थियो । अन्य अतिथिहरुमा सुनछहरी गाउँकार्यपालिका सदस्य तथा ६ नम्बर महिला सदस्य निर्मला पुन मगर वडा सदस्य कर्ण बहादुर पुन वडा सदस्य खुम बहादुर रोका क्षेत्री विद्यालयका निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिमलाल पुन रिपुकोट प्राथमिक विद्यालयका प्रधानाध्यापक कृतमन पुन मगर विद्यालयका भुतपुर्व शिक्षक राम प्रसाद पुनमगर विभिन्न टोल विकास संस्थाका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

- Advertisement -
Ad image

निवर्तमान प्रधानाध्यापक धन बहादुर पुनले विद्यालयको लागी गरेको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरेको आयोजकले जानकरी दिएको छ । नव नियुक्त प्रधानाध्यापक घर्ती मगरले प्रतिबद्धता मन्तव्यमा क्रममा समुहगत एकतालाई मुख्य केन्द्रविन्दुमा राख्दै विद्यालयलाई वर्तमान अवस्थाबाट माथी उठाउन झसबैले जित्ने खेलझ खेल्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । शैक्षिक गुणस्तर सुधार गर्नका लागि प्रत्येक बर्ष निश्चित कार्ययोजना निर्माण गरि शैक्षिक सुदृढीकरण अभियानहरु सञ्चालन गर्न कार्यक्रमहरु लागू गर्ने, विद्यालयका सम्पुर्ण गतिविधिहरुमा अभिभावकलाई सहभागी गराई जवाफदेही, उत्तरदायी र अपनत्व महसुश गर्ने बनाउनका लागि अभिभावक आगमन बर्ष घोषणा गर्ने, शैक्षिक सुधार अभियान सन्चालन गर्ने, शैक्षिक सुशासन कार्यक्रमलाई जोड दिने, फगामलाई शैक्षिक क्षेत्रबाट माथि उठाउन आफ्नो कार्यकालमा समर्पित भई लागिपर्ने यसमा सबैको साथ, सहयोग, रचनात्मक सल्लाह, सुझावको आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।


कार्यक्रममा बोल्ने वक्ताहरूले शैक्षिक सुधारको लागी शिक्षक विद्यार्थी र अभिभावकको अहम् भुमिका रहेकोको कुरा उल्लेख गर्नुभएको थियोे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर पुनको अध्यक्षता सम्पन्न भएको कार्यक्रमको सन्चालन शिक्षक चित्र झाकृले गर्नुभएको मावि फगामले जानकारी दिएको छ ।

       

प्रतिक्रिया दिनुहोस्

Array