Ad image

सहित्यकार पुरण क्षेत्रीको ‘कहाँ छ स्वर्ग भन तिमी’ गित सार्वजनिक

मालश्री खबर
मालश्री खबर २० असार २०८०, बुधबार
3 Min Read
Aa

हिमा खड्का
मालश्री खबर असार २० रोल्पा

सहित्यकार तथा रोल्पा नगरपालिकाका निवर्तमान मेयर पुर्ण केसी (पुरण क्षेत्री) को ‘कहाँ छ स्वर्ग भन तिमी’ बोलको गितको सार्वजनिक भएको छ ।

नगर साहित्य, कला तथा संगित प्रतिष्ठान, रोल्पाको आयोजनामा आज रोल्पाको लिवाङमा लोकार्पण गरिएको हो । राजनीति क्षेत्रमा पुर्ण केसी भनेर परिचित हुनुभएका उहाँ साहित्यिक क्षेत्रीमा पुरण क्षेत्रीका नामले परिचित हुनुहुन्छ । गितकार पुरण क्षेत्रीको कहाँ छ स्वर्ग भन तिमी तेस्रो गित हो । उहाँले यस भन्दा अगाडी ‘खेलाडी हो खेलाडी’, ‘हामी बनाउछौँ रोल्पानगरलाई’ गरी दुइवटा गित स्रोता माझ ल्याइ सक्नुभएको छ ।

   
पुरण क्षेत्रीका सबै गीतहरू राष्ट्र, राष्ट्रियता र समाजवादप्रति समर्पित छन् । राष्ट्र भक्ति भावनाबाट प्रेरित उच्च कोटीका गीतहरु पस्कनुहुन्छ । उच्च राष्ट्रिय भावना, आफू बाँचेको देश र समाजका लागि केही गरौं भन्ने स्पष्ट दृष्टिकोण पाइन्छ ।

- Advertisement -
Ad image

आज सार्वजनिक भएको ‘कहाँ छ स्वर्ग भन तिमि’ गितमा पनि मानिस स्वर्णमा जिउन चाहन्छ र त्यही स्वर्गको खोजीमा आज भौतारिरहेको छ । आफू सँगै भएको सुगन्ध खोज्दै वन वन घुम्ने कस्तुरी जस्तै हामी पनि सुख, शान्ती र स्वर्गको खोजीमा भौतारिएर अमूल्य समयलाई बिताइरहेका छौ । कस्तुरीले खोज्ने सुगन्ध कस्तुरीसँगै भए जस्तै हामी ले खोज्ने स्वर्ग पनि हामीसँगै छ । आफू जन्मे हुडेको गाउँ, आफ्नो भूमि नै स्वर्ग हो भन्ने यो गितमा दर्साइएको छ ।

‘कहाँ छ स्वर्ग भन तिमि’ गीतमा गायक रामकृष्ण ढकाल र गायिका प्रगति महराको स्वर रहेको छ, संगीत संगीतकार सन्तोष श्रेष्ठले भर्नु भएको छ । अकोष्टिक नेपाल नामक स्टुडियोमा रेकर्डेड भएको यो गीतलाई राजु कार्कीले अरेन्ज गर्नु भएको हो ।

पुरण क्षेत्री वि.सं. २०३७ आषाढ ८ गते जङ्कोट – ५, रोल्पामा जन्मनु भएको हो । पिता वीरबहादुर के.सी. र माता विन्दु के.सी. का कोखबाट उहाको जन्म भयो । ने.क.पा. माओवादीको विभिन्न जनवर्गीय सङ्गठनहरूमा आबद्ध हुँदै पार्टीको सङ्गठन विस्तारमा समेत विभिन्न जिम्मेवारीमा रहेर भूमिका निभाउनुभएका पुरण क्षेत्री २०६२/६३ को सफल जनआन्दोलन र शान्ति प्रकृया सँगै ने.क.पा. माओवादी केन्द्र, अखिल नेपाल जनसंस्कृतिक महासङ्घ र रेडियो जलजलासँग पनि सम्बद्ध रहेर राजनीतिक तथा सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएको छ ।

खास गरी नेपाली साहित्यका कलम चलाउने क्षेत्रीका फुटकर कविताहरू जनउभार, उद्यगम, रोल्पाली कवि र कविता, रोल्पा समाचार जस्ता पत्रपत्रिकाहरूमा प्रकाशित भएका छन् भने उहाका प्रकाशित कृतिहरूमा जलजलाको नूतन सन्देश’ कविता सङ्ग्रह (२०६३) र ’ देशले हाम्रो उत्साह खोजिरहेछ’ कवितासङ्ग्रह छन् भने विभिन्न फुटकर गीतहरू आइसकेका छन् । क्षेत्रीको देशले हाम्रो उत्साह खोजिरहेछ’ कवितासङ्ग्रह २०७१ का लागि सीमावारि सीमापारि पुरस्कार–२०७२ बाट पुरस्कृत हुनुभएको छ ।

कार्यक्रममा रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तिको प्रमुख अतिथ्यता रहेको थियो । गितको टिप्पनी साहित्यकार डि.बी. टुहुरोले गर्नु भएको थियो । कार्यक्रममा बिभिन्न साहित्यिक सघं सङगठनका प्रतिनिधी, पत्रकार, वडा अध्यक्षहरुको उपस्थित रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array