Ad image

रोल्पा नगरपालिकाद्धारा वैदिशिक रोजगारबाट फर्किएका व्यक्तिहरुलाई बाख्रा वितरण

मालश्री खबर
मालश्री खबर २० असार २०८०, बुधबार
1 Min Read
Aa

मालश्री खबर, असार २० गते रोल्पा ।

रोल्पा नगरपालिकाले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुलाई सिपमुलक तालिम सहित बाख्रा वितरण गरेको छ ।

  
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार बोर्ड र रोल्पा नगरपालिकाको आर्थिक सहयोगमा पुन एकिकरण कार्यक्रम अन्तरगत वैदेशिक रोजगारबाट फर्किएका बेरोजगार सुचिकृत व्यक्तिहरुलाई उनिहरुको मागको आधारमा सिपमुलक तालिम प्रदान गरी उनिहरुलाई विभिन्न सामाग्रीहरुको उपलब्ध गराइएको बताइएको छ ।


साथै अन्य वैदेशिक रोजगारबाट फर्किएका सुचिकृत व्यक्तिहरु मध्ये १ जना व्यक्तिलाई ग्रिलको सामान, १ जना व्यक्तिलाई जस्तापाटा, १ जना व्यक्ति लाई किराना पसलको सामाग्री, र अन्य ३० जना व्यक्तिहरुको लागि ५० वटा बाख्रा वितरण गरेको रोल्पा नगरपालिका रोजगार संयोजक मिसाना घर्ति मगरले मालश्री खबरलाई जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array