Ad image

रोल्पा नगरपालिका २ र ६ नम्बर वडाले वृक्षारोपण गर्यो

मालश्री खबर
मालश्री खबर १९ असार २०८०, मंगलवार
1 Min Read
Aa

मालश्री खबर असार १९ गते, रोल्पा ।

रोल्पा नगरपालिका वडा नम्बर २ र ६ ले वृक्षारोपण कार्यक्रम गरेको छ । रोल्पा नगरपालिका वडा नम्बर २ र ६ को संयुक्त आयोजना र रोल्पा नगरपालिका, डिबिजन बन कार्यलय रोल्पा, भु– तथा जलाधार व्यबस्थापन कार्यालय रोल्पाको समन्वयमा हरित सडकका लागि वृक्षारोपण कार्यक्रम गरेको जानकारी दिएको छ ।

 

हरित सडकका लागि सडकको सौन्दर्यता बढाउन, सडक माथिबाट झर्ने पहिरो रोकथामको लागि बिभिन्न जातका बिरुवा रोपेको रोल्पा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तुलबहादुर घर्ती जानकारी दिनुभयो ।

- Advertisement -
Ad image

 

माडिखोलाको वारिपारी पर्ने सिमलबाङ देखि मिसिबाङ सम्म सडकको डिलमा विभिन्न प्रजातिको बिरुवाहरु लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र कुमार पुन सिजलले रोपेर उद्घाटन गर्नु भएको थियो । बिरुवा रोप्ने कार्यक्रमको लागी बिरुवाहरु डिभिजन वन कार्यालय र भु–तथा जलाधार व्यवस्थापन कार्यलय रोल्पाले उपलब्ध गराएको थियो ।

 

कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमुख कर्मलाल परियार, रोल्पा नगरपालिका मेयर सुरेन्द्र थापा घर्ती, उपमेयर गिता आचार्य, रोल्पा नगरपालिका प्रशासकीय प्रमुख महेन्द्र पराजुली, भु–तथा जलाधार ब्यबस्थापन कार्यलय प्रमुख रोबर्ट महरा, रोल्पा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष प्रकाश डाँगी, वडा.६ वडा अध्यक्ष तुल बहादुर घर्ती लगायत सिमलबाङ र मिसिबाङका स्थानियहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array