Ad image

आइ एन एफको सामाजिक लेखा परीक्षण बाहिरी गाममा सम्पन्न

मालश्री खबर
मालश्री खबर १८ असार २०८०, सोमबार
5 Min Read
Aa
  1. लोकेन्द्र चन्द
    मालश्री खबर असार १८ रोल्पा ।

आइ. एन. एफ. नेपाल रोल्पा शाखको आर्थिक वर्ष २०७९÷८० को सामाजिक लेखा परीक्षण सुनछरी गाउँपालिका वडा नम्बर ३ बाहिरी गाममा सम्पन्न भएको छ । सुनछरी गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य तथा कार्यपालिका सदस्य दिपा घर्तिमगरको अध्यक्षतामा कार्यक्रम भएको आइ. एन. एफ. नेपाल रोल्पा शाखले रेडियो मालश्रीलाई जानकरी दिएको छ ।

आइ. एन. एफ. नेपाल रोल्पाले सुनछहरी गाउँपालिकाको वडा नम्बर २, ३ र ४ मा खानेपानी सरसफाई तथा स्वाच्छता परियोजना (वास) जलवायु परीवर्तन, एजुकेट लगाएतको कार्यक्रम हरु सञ्चालन गर्दै आएको छ ।

आइ. एन. एफ. नेपाल रोल्पाका वास तथा जलवायु परीवर्तन परीयोजनाका सब–इन्जिनियर गोबिन्दप्रसाद रिजालले खानेपानी सरसफाई तथा स्वच्छता, जलवायु परीवर्तन परीयोजनाले आर्थिक वर्ष २०७९÷८० मा बाहिरी गाममा गरेको कार्यपत्रको प्रगती विवरण प्रस्तुत गर्नुभएको थियो । एकिकृत वन व्यवस्थापन तालिम, कार्यक्रम सञ्चालन तथा सूचना प्रचार प्रसारको लागि हाते माईक बितरण, पहिरो रोकथामका लागि बिरुवा वितरण, खानेपानी मर्मत सम्भार तालिम, तटबन्धन लगाएतको क्षेत्रमा रहेर परियोजनाले काम गरेको प्रस्तुतीका क्रममा बताउनु भएको थियो ।

- Advertisement -
Ad image

जलवायु अनुकल जिविकोपार्जन एजुकेट परीयोजनाको बारेमा आइ एन एफका एजुकेट परीयोजनाका टिम लिडर सलिना बुढामगरले आर्थिक बर्ष २०७९÷८० मा परीयोजनाले गरेको प्रगति पस्तुत गर्नु भएको थियो । सामुदायिक स्वास्थ्य विकास, दिगो जिविकोपार्जन, पोषण, शिक्षा, लघुवित्त, गरीबी निवारण, सामुदायिक पुर्वाधार सहयोग, अपांगता सहयोग, प्रकोप व्यवस्थापन, पुनरस्थापना, हिमाली जिविकोपार्जन परीयोजना, सामुदायिक प्रतिकार्यमा सहयोग, सामाजिक संरचनाहरुको समावेशी, समुदाय ससक्तिकरण लगाएतको क्षेत्रमा रहेर परीयोजनाले कार्यगरेकोे जनाकारी दिनुभएको छ ।

सुनछहरी गाउँपालिका ३ बाहिरी गामका वडा सदस्य एवम् कार्यपालिका सदस्य दिपा घर्तिले पोषणयुक्त थरीथरीका तरकारी उत्पादन गर्न, उपभोग गरेर बचेको तरकारीलाई बेची आर्थिक उपार्जन गर्न सकिन्छ भन्ने कुरा उक्त परीयोजनाले सिकाएको बताउनु भयो । साथै स्थानीयलाई उद्यमशिलता बनाउन तर्फ अग्रसरता दिलाएकोमा खुसी व्यक्त गर्नु भयो । साथै उहाँले समुदायको व्यक्तित्व विकास गर्न, घर आँगन स्वच्छ र सफा राख्न, कुहिने र नकुहिने फोहोरलाई व्यस्थापन गर्न परीयोजनाले सिकाएको बताउनु भयो । परीयोजनाको यो कार्यप्रति आभार व्यक्त गर्दै यस कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ । परीयोजनाले गरेको यी कार्यहरुमा वडाले सधै स्वागत गर्ने बताउनु भयो ।

प्रहरी चौककी गामका प्रतिनिधि धनबहादुर चलाउनेले समुदायलाई शिक्षित बनाउनको लागि निकै ठुलो भूमिका खेलेको भन्दै अहिले यहाँका समुदायहरु विभिन्न, बैठक तथा गोष्ठीमा सहभागी हुन हिचकिच्याउने, आफ्ना कुरा राख्न नसक्नेहरुलाई पनि अहिले निर्धक्कका साथ बोल्न सक्ने गराएको बताउनु भएको छ ।

स्वास्थ्य चौकी बाहिरी गामाका इन्चार्ज अल्पना रोका मगरले यस संस्थाले समुदाय स्तरमा सरसफाई र स्वास्थ्यको धेरै कुराहरुमा परिवर्तन गराएको बताउनु भएको छ । यहाँका समुदायलाई ताजा र थरीथरीका स्वस्थकर तरकारी खान, बालवालिकाको स्वास्थ्य र पोषणमा ध्यान दिन, आफु र आफ्नो परिवारको सरसफाई, हात धुने तरीकाको बारेमा सिकाएको रोकामगरले बताउनु भयो ।

पहिरोको जोखिमलाई कम गर्न परीयोजनाले जाली सहयोग गरेको, बाख्राको खोर सुधार, व्यस्थित कुखुरापालन लगाएतका थुप्रै कराहरु आफ्नो समुहलाई सिकाएको झारबाङ स्वावलम्बन समुहका सदस्य मनोज विकले बताउनु भयो ।

लुमादेवी स्वावलम्बन समुहका सहजकर्ता गौरी घर्तिले आफ्ननो समुहलाई बाख्रा, बंगुर पालनको लागि आर्थिक सहयो गरेको बताउनु भयो । साथै यसपरीयोजनाले प्रांगारीक मल बनाउने तरीका सिकाउदै स्वास्थकर तरकारी उत्पादनमा सहयोग गरी बढी भएको तरकारीलार्य बेचेर आर्थिक उपार्जन गर्न सिकाएको पनि बताउनु भएको छ ।

कार्यक्रममा वडा नम्बर ३ का वडा सचिव एकराज थापा, आईएनएफ नेपाल जिल्ला शाखा रोल्पाका लेखा तथा प्रसासकीय वित्तीय सहायक मिना भट्टराईको आतिथ्यता रहेको थियो । कार्यत्रमा वडा नम्बर ३ भित्र रहेका १० वटै स्वावलम्बन समुहका अध्यक्ष, प्रतिनिधी लगाएत अन्य सरोकारवालाहरुको उपस्थिति रहरेको थियो । कार्यक्रमको सहजीकरण रेडियो मालश्रीका पत्रकार लोकेन्द्र चन्द ले गर्नुभएको थियो । सोही प्रकृतिको कार्यक्रम १७ गते वडा नम्बर ४ स्युरीमा भएको थियो भने सो कार्यक्रम १९ गते वडा नम्बर २ भित्रीगाममा सञ्चालन हुने आइ. एन. एफ. रोल्पाले जनाएको छ ।

२०६९ सालमा रोल्पामाा भित्रिएको यस परीयोजनाले सुरुमा थवाङ गाउँपालिकामा आफ्नो कार्यक्रमलाई विस्तार गरेको थियो । यस सस्थाले २०७५ साल देखि सुनछरी गाउँपालिकामा रहेर विभिन्न क्षेत्रमा काम गरीरहेको आइ एन एफ नेपाल रोल्पाका परियोजना संयोजक तिलक भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array