Ad image

नौबहिनी गाउँपालिकाले ग¥यो उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई सम्मान

मालश्री खबर
मालश्री खबर १८ असार २०८०, सोमबार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर
मालश्री खबर, असार १८ रोल्पा ।

नौबहिनी गाउँपालिका प्युठानले आफ्नो पालिकामा उत्कृष्ट कार्यसम्पादन गर्ने १० जना कर्मचारीलाई सम्मान गरेको छ । आइतबार नौबहिनी गाउँपालिकाको गाउँसभाको १४ औं अधिवेशनको अवसर पारेर आर्थिक बर्ष २०७९÷०८० को बार्षिक कार्यसम्पादनको आधारमा उत्कृष्ट कर्मचारी पुरस्कृत तथा सम्मान गरेको हो ।

जसमा गाउँपालिकामा कार्यरत कर्मचारीहरु कविराज निरीक्षक, विष्णु थापा, सिनियर अहेव गोविन्द बहादुर केसी, कम्प्युटर अप्रेटर सरोज डाँगी, असिस्टेन्ट सव इन्जिनियर द्वय शान्ति कुमारी पुन मगर र दामोदर भण्डारी, अनमी द्वय अनिशा पुन मगर र निर्माण चौधरी, कार्यालय सहयोगी द्वय बसन्ता कुमारी केसी र मंगलसिंह रोका मगर लगायतलाई उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै गाउँपालिकाले उत्कृष्ट कर्मचारीको रूपमा सम्मानित गरिएको बताइएको छ ।

- Advertisement -
Ad image

नौबहिनी गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापा, नौबहिनी गाउँपालिकाका उपाध्यक्ष बिस्ना थापा र नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले सम्मान पत्र र नगद रु. १० हजार सहित सम्मान गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array