Ad image

त्रिवेणी गाउँपालिकामा गाउँपालिका स्तरीय प्रथम महिला सम्मेलन सम्पन्न

मालश्री खबर
मालश्री खबर १६ असार २०८०, शनिबार
3 Min Read
Aa

अमृत वली
मालश्री खबर, असार १६ रोल्पा ।

अबका महिला उम्दा महिला परियोजनाको त्रिवेणी गाउँपालिका स्तरीय प्रथम महिला सम्मेलन सम्पन्न भएको छ ।

नवप्रवर्तन साझेदारी कोष अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम– PLGSP लुम्बिनी प्रदेश र त्रिवेणी गाउँपालिका, रोल्पाको साझेदारीमा सञ्चालित अबका महिलाः उम्दा महिला परियोजनाको पालिकास्तरीय महिला सम्मेलन तथा उम्दा महिलाको घोषणा–पत्र निर्माण कार्यक्रम जुगारमा सम्पन्न भएको हो । शुक्रबार रोल्पाको जुगारमा भएको प्रथम सम्मेलनले २३ बुँदे घोषणापत्र जारी गरेको छ ।

- Advertisement -
Ad image

सम्मेलनले नेपालको संविधान र प्रचलित अन्य कानूनमा उल्लेख गरिएका महिला अधिकार सम्बन्धी व्यवस्थालाई सचेतना, आयआर्जन र सीप तथा क्षमता विकास कार्यक्रमका माध्यमवाट वास्तविक रुपमा कार्यान्वयन गरी महिलाहरुका वैयक्तिक, आर्थिक सशक्तिकरण तथा सामाजिक समावेशीकरण प्रवर्द्धन गर्न उम्दा महिला, स्थानीय सरकार र सरोकारवालाहरुको सहभागितामा जुगार घोषणा पत्र तयार गरी जारी गरिएको छ ।

नेपालको संविधानमा महिला अधिकार सुनिश्चित गर्ने गरी व्यवस्था गरिएको मौलिक हक र महिलाका पक्षमा बनेका राष्ट्रिय कानुनहरुको प्रभावकारी कार्यान्वयन गरी विद्यमान लैङ्गिक तथा सामाजिक विभेदको अन्त्य गर्न, राष्ट्रिय लैंङ्गिक समानता नीति, २०७७ अनुरुप स्थानीय नीति तथा कानुन तर्जुमा गरी स्थानीय तहका सबै संरचनाहरुमा महिलाको समानुपातिक सहभागिता सुनिश्चित गर्न, बालमैत्री स्थानीय शासन घोषणाका लागि तयार गरिएको रणनीतिक योजना पूर्ण रुपमा कार्यान्वयन गरी सबै सूचकहरु पूरा गर्न, गराउन विशेष अभियान सञ्चालन गर्न स्थानीय सरकारसँग अपिल गरेको छ ।

बाल बिबाहमुक्त त्रिवेणी गाउँपालिका घोषणा गरी लागु गर्न, गराउन बालबिबाह तथा छिटो बिबाह विरुद्ध स्थानीय रणनीतिक योजनाका आधारमा जनचेतनामूलक अभियान प्रभावकारी बनाउन, गाउँपालिकाका सबै प्रकारका महिला लगायत वञ्चितमा परेका वर्ग समुदायको सामाजिक तथा राजनैतिक सशक्तिकरण मार्फत निर्णायक तहमा पहिचान सहितको समानुपातिक प्रतिनिधित्व बढाउन नेतृत्व, सीप तथा क्षमता विकासका कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न, सैनिक हिंसा विरुद्ध शुन्य सहनशिलता नीति अनुरुप सैधिक हिंसामुक्त त्रिवेणी गाउँपालिका घोषणा गर्न लैंङ्गिक हिंसा विरुद्ध स्थानीय रणनीतिक योजना तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्न, गराउन सम्मेलनले जोडदार माग गेरको छ ।

“महिलाको वैयक्तिक, आर्थिक सशक्तिकरण तथा सामाजिक समावेशीकरण प्रवर्द्धन गर्न नवप्रवर्द्धनात्मक कार्यक्रमको रुपमा प्रभावकारी कार्यान्वयन भएको अबका महिला उम्दा महिला परियोजना र यसका क्रियाकलापहरुको दीगोपनाको लागि लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र त्रिवेणी गाउँपालिका समक्ष माग गर्दछौं“ घोषणापत्रमा उल्लेख गरेको छ ।

दुरदराजमा रहेका ग्रामीण महिलाहरुको वैयक्तिक, आर्थिक तथा सामाजिक सशक्तिकरण र नेतृत्व विकासमा सहयोग पुग्ने गरी सबै वडाबाट उम्दा परियोजनामा आवद्ध महिलाहरु लगायतको सहभागितामा अनुभव आदानप्रदानका साथै पालिकास्तरीय प्रथम ऐतिहासिक उम्दा महिला सम्मेलनको आयोजना गरी महिलाका साझा सरोकारका सवालहरु उठान गराई सम्बोधनका लागि अपिल गर्ने अवसर उपलब्ध गराउनु हुने लुम्बिनी प्रदेश सरकार, त्रिवेणी गाउँपालिका, सहजकर्ता लगायत सम्बद्ध पक्षहरु प्रति सम्मेलनले हार्दिक आभार सहित धन्यवाद ज्ञापन गरेको छ ।

पालिकास्तरिय सम्मेलनबाट गिता कुमारी नेपालीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति र ३ सदस्य सल्लाहकार समिति पनि गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array