Ad image

न्युनतम घर जग्गा मुल्य निर्धारण समितीको बैठक लिबाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर १५ असार २०८०, शुक्रबार
4 Min Read
Aa

मालश्री खबर, असार १५ रोल्पा

न्यूनतम घर जग्गा मुल्य निर्धारण समितीको बैठक लिबाङमा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी तथा न्यूनतम घर जग्गा मुल्य निर्धारण समितीका अध्यक्ष परमानन्द घिमिरेको अध्यक्षतामा बैठक बसेको मालपोत कार्यालय रोल्पाका कार्यालय प्रमुख डिल्लीराज न्यौपानेले जानकारी दिनु भएको छ ।

जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सिता आचार्य, रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्ति, सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकी, लुंग्री गाउँपालिकाका अध्यक्ष भरतकुमार थापा, सुनछहरी गाउँपालिकाका अध्यक्ष धन बहादुर पुन मगर, थवाङ गाउँपापलिकाका अध्यक्ष ऋषिकेशव बुढामगर, परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढामगर, रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष सरीता केसी, माडी गाँउपालिका वडा न. ५ का वडा अध्यक्ष तेजेन्द्र बुढामगर, नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द, नेपाल बैंक लिमिटेड रोल्पाको प्रबन्धक बिष्णु पाण्डे, राष्ट्रिय बाणिज्य बैंक लिबाङ शाखाका प्रबन्धक प्रतिक कुमार मिश्र, ग्लोवल आ.ई.एम.ई. बैंक लिबाङ शाखाका प्रबन्धक दिनेश कुमार घर्तिमगर लगाएतको बैठकमा सहभागिता रहेको थियो ।

- Advertisement -
Ad image

बैठकमा रोल्पा जिल्लाका सम्पुर्ण स्थानीयतहहरुले भू-उपयोग ऐन २०७६ र भू उपयोग नियमावली २०७९ अनुसार हाल जग्गालाई कृषि र गैरकृषि दुई तहमा वर्गीकरण गरेको हुँदा अब्बल दोयम सीम र चाहरलाई यथावत राखिएको र अन्य कृषि र गैरकृषि क्षेत्रलाई छुट्याई सबै स्थानीयतहहरुको मुल्याङन पुस्तीकामा मुल्यनिर्धारन निर्णय गरिएको छ । भू-उपयोग नियमावली २०७९ अनुसार जग्गालाई कृषि र गैरकृषि गरि दुई तहमा वर्गिकरण गर्दा बाटोले छोएको र वाटोको दोस्रो कित्तालाई गैर कृषि जनाइएको र आवास क्षेत्रलाई पनि गैरकृषिको रुपमा जनाइएको हुँदा वाटोको दोस्रो कित्ताको मुल्य, कच्ची बाटोले छुएको जग्गाको मुल्यमा आधा घटाई कायम गर्ने र घर आवास क्षेत्रको जग्गालाई विरह महलको खेत क्षेत्रको अब्बल जग्गाको मुल्य अनुसार कायम गर्ने । रोल्पा जिल्ला भित्र रहेका १० वटै स्थानिय तहको जग्गाको मूल्य निर्धारण समेत गरिएको छ ।

रोल्पा नगरपालिका भित्र रहेका वजार क्षेत्र भित्र नपर्ने र कुनै पनि वाटोले नछोएका अब्बल, दोयम, सिम, चाहार घर जग्गाको मुल्य गत आर्थिक बर्ष २०७९/०८०को नै कायम राख्ने र अन्यको हकमा ५% ले मुल्य बृद्धि गर्ने बताइएको छ । त्यस्तै सुनिलस्मृति गाँउपालिका भित्र रहेका घर जग्गा आर्थिक बर्ष २०७९/०८०को मुल्यमा १०% ले बृद्धि गर्ने, रुन्टीगढी गाँउपालिका भित्र रहेका घर जग्गाको मुल्यमा गत आर्थिक बर्ष २०७९/०८० को मुल्य नै यथावत कामय गर्ने र पक्की सडकसँग जोडिएको जग्गाको मुल्य रु २ हजार ५ सय ५० कायम रहको छ ।

त्रिबेणी गाँउपालिका भित्र रहेका घर जग्गाको मुल्यमा गत आर्थिक बर्ष २०७९/०८०को मुल्य नै यथावत कामय गर्ने र पक्की सडकसँग जोडिएको जग्गाको मुल्य रु २ हजार ५ सय ५० कायम गर्ने । माडि गाँउपालिका भित्र रहेका घर जग्गाको मुल्यमा गत आर्थिक बर्ष २०७९/०८०कोे मुल्य नै यथावत कामय गर्ने र साविक ओत गा.वि.स.को बजार क्षेत्र र मोटर बोटोले छोएको जग्गामा १०%ले मुल्य बृद्धि भएको छ । गंगादेव गाँउपालिका भित्र रहेका घर जग्गाको मुल्यमा गत आर्थिक बर्ष २०७९/०८०कोे मुल्यमा १०% ले बृद्धि हुने भएको छ ।परिवर्तन गाँउपालिका भित्ररहेका घर जग्गाको मुल्यमा गत आर्थिक बर्ष २०७९/०८०कोे मुल्य नै कामय गर्ने र साविक इरिबाङ गा.वि.स.को बजार क्षेत्र भित्र पर्ने जग्गामा १०%ले मुल्य बृद्धि भएको छ ।

थबाङ गाँउपालिका भित्र रहेका घर जग्गामा वजार क्षेत्र भित्र नपर्ने र कुनै पनि वाटोले नछोएका अब्बल, दोयम, सिम, चाहार घर जग्गाको मुल्य गत आर्थिक बर्ष २०७९/०८०को नै कायम राख्ने र अन्यको हकमा ५% ले मुल्य हुने भएको छ । सुनछहरी गाँउपालिका भित्ररहेका घर जग्गामा गत आर्थिक बर्ष २०७९/०८०कोे मुल्यमा ५% ले बृद्धि गर्ने । लुङग्री गाँउपालिका भित्र रहेका घर जग्गाको मुल्यमा गत आर्थिक बर्ष २०७९/०८० कोे मुल्य नै यथावत कामय रहने मालपोत कार्यालय रोल्पाका कार्यालय प्रमुख डिल्लीराज न्यौपानेले जानकारी गराउनु भएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array