Ad image

रोल्पाको गंगादेबमा वालविकास सहजकर्ताका लागी मन्टेश्वरी तालिम सम्पन्न

मालश्री खबर
मालश्री खबर १४ असार २०८०, बिहीबार
1 Min Read
Aa

हिमाली खड्का /मालश्री खबर असार १४ गते, रोल्पा ।

रोल्पाको गंगादेव गाउँपालिकामा सामुदायिक विद्यालयका वालविकास सहजकर्ताहरुका लागी ३ दिने मन्टेश्वरी तालिम सम्पन्न भएको छ । गंगादेव गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा असार १२ गते देखि गंगादेव गाउँपालिका वडा नं. २ को सुखाओडारमा सुरु भएको ३ दिने मन्टेश्वरी तालिमको आज विहिबार एक कार्यक्रमका विच समापन गरिएको हो ।


गंगादेव गाउँपालिकाका अध्यक्ष हरि बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको तालिमको सञ्चालन गंगादेव गाउँपालिका शिक्षा शाखा प्रमुख अगंबहादुर वलीले गर्नुभएको गियो । ३ दिने मन्टेश्वरी तालिमको सहजिकरण अनिता पाण्डेले गर्नुभएको थियो । तालिममा ४० वटा विद्यालयका वालविका शिक्षकहरुले सहभागीता जनाउनुभएको थियो ।

वालवालिकाको आधारभूत शिक्षालाई प्रभावकारी वनाउने उद्देश्यले वालविकास शिक्षकहरुका लागी तालीमको आयोजना गरिएको गंगादेव गाउँपालिका शिक्षा शाखा प्रमुख अंगबहादुर वलीले बताउनु भयो । आज औपचारिक समापन कार्यक्रमा बोल्दै गंगादेव गाउँपालिका अध्यक्ष हरि बहादुर पनुले विद्यालयमा वालविकास शिक्षकले विद्यार्थीहरुलाई आमा र छोराछोरीको आभाष दिलाउने गरी पढनपाठन गराउन सुझाव दिनुभयो । यसका साथै सोहि ३ दिने तालिमबाट सिकेकाकुरा लाई व्यवहारीकरुपमा लागु गर्न निर्देशन समेत दिनुभयो ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्

Array