किशोर–किशोरीहरुको लागी प्रदेश स्तरिय नेतृत्व विकास तालिम सम्पन्न

मालश्री खबर
मालश्री खबर १३ असार २०८०, बुधबार
2 Min Read
Aa

मालश्री खबर, असार १३ गते ।

स्ट्रोम फाउन्डेशन नेपालको सहयोगमा दाङको भालुवाङमा किशोर–किशोरीहरुको लागि ३ दिने लुम्बिनी प्रदेश स्तरीय नेतृत्व विकास तथा तथ्यमा आधारित पैरवी तालिम सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेश रहेका विकास र साक्षरता लाई अब्वल र आफ्नो प्रदेश लाई सम्पुर्ण गतिविधिमा अगाडी बढाउनको लागि यस तालिमको आयोजना गरिएको बताइएको छ । यस तालिमबाट सिकेका कुराहरु आफ्नो जिल्लाका अन्य किशार–किशोरीहरुलाई पनि सिकाउने उदेश्यका साथ जिल्लाबाट छनोट गरि किशार–किशोरीहरुलाई उक्त तालिममा सहभागी गराएको आयोजकले जानकारी दिएको छ । उक्त तालिमबाट सिकेका कुराहरुलाई सैद्धान्तिक तथा व्यवहारिक रुपमा पनि प्रयोगमा ल्याउन सकिने जानकारी दिएको छ ।

तालिममा आफ्नो जिवनमा सकारात्मक कुराबाट अगाडी बढ्न, किशोर–किशोरीहरुको लागी तथ्यमा आधारित भएर विभिन्न कुराहरुको खोज तथा संकलन गर्न, किशोर–किशोरीहरुको नेतृत्व विकास गराउनको लागी, सम्पुर्ण विषयवस्तुमा किशोर–किशोरीहरुलाई जानकार बनाउन, समाजमा भएका विभिन्न घटनाहरुलाई विश्लेषण गरि सत्य तथ्यको छानविन गर्न, समाजमा कुप्रथाको रुपमा रहेको बालविवाह, बहुविवाह, छुवाछुट, अन्धविश्वास लगाएतका समाजमा व्याप्त रहेको अवस्थामा यसलाई न्युनिकरण गर्ने उदेश्यका साथ तालिम भएको यसका साथै स्थानीय स्तरमै रोजगारीको अवस्था सिर्जना कसरी गर्न सकिन्छ भनि विविध विषयमा आधारित भई तालिम सम्पन्न भएको आयोजकले जानकारी दिएको छ ।

तलिममा लुम्बिनी प्रदेश स्तरीय ६ वटा जिल्लाबाट ८ वटा संस्थाका १९ जना किशोर–किशोरीहरुको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षककाे रुपमा मानव कल्यान तथा वातावरण संरक्षण केन्द्रका कार्यक्रम संयोजक राजेन्द अधिकारी, सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुका वरिष्ठ कार्यक्रम संयोजक आरटी खाँन, र किर्डाक नेपाल काठमाडौँका कार्यक्रम निर्देशक गौतम राज अधिकारीले गर्नुभएको  तालिममा रोल्पाबाट सहभागी भएका किशोर सज्जन विश्वकर्माले जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्