Ad image

परिवर्तन गाउँपालिकाको ढुङ्गा खानी ओझेलमा पर्दै

मालश्री खबर
मालश्री खबर १२ असार २०८०, मंगलवार
3 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर
मालश्री खबर असार १२ रोल्पा ।

रोल्पाको पश्चिम बेल्टमा रहेको एक ढुङ्गा खानी ओझेलमा पर्दै गएको छ । रोल्पाको परिवर्तन गाउँपालिका–६ इरिबाङको कोटडेरा भन्ने ठाउँमा रहेको ढुङ्गा खानी बन्द हुने अवस्था पुगेको छ ।

कोटगैरा खानी भनेर चिन्ने घर छाने ढुङ्गाका लागि उपयुक्त खानी हो । पहिले रोल्पा जिल्लाको पश्चिमी बेल्टको विभिन्न गाउँ ठाउँमा घर छानको लागि ढुङ्गा आएर बोकेर लग्ने गरेको र छिमेकी जिल्ला रुकुम पश्चिम र रुकुम पूर्वमा समेत यहाँको ढुङ्गा लगिएको जेष्ठ नागरिक ज्ञानेन्द्र बुढामगरले बताउनुभयो ।

  

- Advertisement -
Ad image

बुढाका अनुसार यो ढुङ्गा खानी हाम्रो पू्र्खा देखि सुरु भएको मानिन्छ र यहाँको ढुङ्गा धेरै गाउँ ठाउँमा पुगेको छ, उनले भने । अहिले पछिल्लो समय घरको छानामा ढुङ्गा प्रयोग गर्ने संख्या घटेको हो कि भन्न सकिन्छ त्यहीँ ढुङ्गा खानीमा काम गर्ने स्थानीय सिस्पाल बुढामगर बताउनुभयो । अहिले गाउँ घरमा धेरैले छानाको रूपमा जस्ता प्रयोग गरेको पाउछौं र अहिले छाने ढुङ्गाको पनि माग घड्दो अवस्थामा भएको बताउदै “पहिले बर्षमा १५ देखि २० घरको ढुङ्गाको माग आउँथ्यो तर ३÷४ बर्ष यता घड्दो अवस्थामा छ,उनले भने। रोल्पाको ढुङ्गा खानीबाट घर छानको लागि ढुङ्गा बोक्न खानीमा पुगेको रुकुम पश्चिम त्रिवेणी गाउँपालिकाका वसन्त बाँठा मगरले बताउनुभयो ।

हामी हिडेर ढुङ्गा बोक्न त्यहाँ पुगेका थियौ र ढुङ्गा लिएर फर्किएका थियौ, बाँठा मगरले भने।३०÷४० वर्ष पहिले यो खानीको छाने ढुङ्गाको मुल्य १ रुपयाँ देखि ५ रुपैयाँ सम्म थियो भने अहिले साना पाटा ढुङ्गाको मुल्य ५० रुपैयाँ छ भने ठूला पाटा ढुङ्गाको मुल्य १०० रुपैयाँ भएको परिवर्तन गाउँपालिका–६ का निवर्तमान वडा अध्यक्ष भानसिङ बुढा मगरले बताउनुभयो ।

अहिले गाउँमा पनि सहरको सिस्टम आएको जस्तो छ, पहिले घर छानको लागि ढुङ्गा प्रयोग गरिन्थ्यो तर अहिले जस्ता पाता लगाउनेको रहर चलेको जस्तो छ,बुढाले भने।पहिले १५÷१६ को उमेर हुँदा मैले पनि घर छानको लागि आमा बुबा लगायत गाउँका अन्य साथीहरूसँग ढुङ्गा लिनको लागि ढुङ्गा खानीमा आएको परिवर्तन गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हित कुमारी बुढा मगरले बताउनुभयो । उतिबेला अरु ठाउँमा छाने ढुङ्गाको खानी थिएन यो ठाउँमा आएर ढुङ्गा लगेर गएको मैले बिर्सिएको छैन बुढाले अनुभव सुनाउनुभयो ।

अहिलेको जस्तो सडक सञ्जालको सुविधा थिएन स्वयम आफै आएर बोकेर लैजानुपर्थ्यो,उनले भने।अहिले ढुङ्गा खानी नजिकै सडक समेत पुगि सकेको छ भने समिति मार्फत खच्चरले ढुवानी समेत गर्दै आएको छ । अहिले मानिसले नबोक्ने भएकोले सडक पुगेपछि ट्याक्टर लगायतका सवारी साधनले छाने ढुङ्गा लिएर जाने गरेको स्थानीयले बताएका छन । लोप हुन लागेको ढुङ्गा खानीको संरक्षण र प्रवर्द्धन गर्नु अहिलेको स्थानीय सरकार र स्थानीय नागरिकको दायित्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array