Ad image

रोल्पा नगरपालिकाद्वारा उत्कृष्ट सञ्चार मिडियाको रुपमा रेडियो मालश्री सम्मानित

मालश्री खबर
मालश्री खबर ११ असार २०८०, सोमबार
2 Min Read
Aa

मालश्री खबर, असार ११ गते रोल्पा

रोल्पा नगरपालिकाले उत्कृष्ट मिडियाको रुपमा रेडियो मालश्रीलाई सम्मान गरेको छ । रोल्पा नगरपालिकाको १३ औँ नगरसभाबाट रेडियो मालश्री एफ.एम १०० विन्दु ५ मेगार्हजलाई सम्मान गरीएको हो । रोल्पा नगरपालिकामा भएका अन्य रेडियोले भन्दा रेडियो मालश्रीले उत्कृष्ट कार्यसम्पादन र सहकार्य गरेको भन्दै सम्मान गरीएको नगरपालिकाले बताएकोे छ ।

सामुदायिक रेडियो मालश्री १०० विन्दु ५ मेगाहर्ज २०७२ साल फागुन ७ गते स्थापना भई जिल्लाका सम्पुर्ण सूचना, समचार, कार्यक्रम विभिन्न सवालमा बहस, छलफल, मनोरञ्जनात्मक र शन्देशमूलक कार्यक्रमहरुलाई नियमीत प्रशारण गर्दै आएको छ । साथै नगरपालिकाले उत्कृष्ट कार्य गरेको भन्दै विभिन्न कर्मचारी, खेलाडि, विद्यालय, स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, विभिन्न शाखाका कर्मचारी लगाएतलाई नगद सहित सम्मान गरेको छ ।

- Advertisement -
Ad image

कपर्दी विधातर्फ नगरपालिकाकाले राष्ट्रिय खेलमा रजत पदक ल्याउन सफल गिरिराज रोका र घनश्याम रोकालाई नगद सहित सम्मान गरेको छ । कराँते विधातर्फ राष्ट्रिय खेलमा कास्य पदक ल्याउन सफल रबिना घर्ति मगरलाई पनि नगद सहित सम्मान गरेको हो । शिक्षक तर्फ नगरपालिकाले राष्ट्रिय मावि खुमेलका प्रधानअध्यापक महेन्द्रराज रोका सम्मानित हुनुभएको हो ।

नगरपालिका भित्रका विद्यालय मध्ये बाल कल्याण नमुना मा.वि उत्कृष्ट भएको छ । स्वास्थ्यचौकी जंकोटका दिपेन्द्र बि.कलाई उत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा सम्मान गरीएको छ । सन्तबहादुर सुनार र अम्मर बहादुर सार्कीलाई उत्कृष्ट सरसफाई कर्मचारीको रुपमा नगद सहित सम्मान गरीएको बताईएको छ । योजना शखाका श्यामलाल के.सी, नगरप्रहरी हवलदार सहबिर बि.क, प्राविधिक तर्फ रेगम के.सी, वडा नम्बर १० का सचिव चन्द्रज्योती सुवेदी, पशु प्राविधिक खड्कराज वली, स्वास्थ्य शाखा प्रमुख टंकबहादुर गिरी, सवारी चालक बलबहादुर गुरुङ, लेखापाल बसन्त गिरी, जिन्सी शाखाका प्रमिला घर्ति नगद सहित उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भएका छन् ।

उत्कृष्ट समुह उपभोक्तामा हरिकला बुढाथोकी, हारबार खोला खानेपानी उपभोक्ता दाङबाङका भुवन बाँठामगर, पिपलचौतारा टोल विकास समिति रोल्पा नगरपालिका २, उत्कृष्ट कृषक दुग्धब्यवसायीको रुपमा रोल्पा नगरपालिका ४ का तिलबहादुर घले, उत्कृष्ट तरकारी ब्यवसायी कृषकको रुपमा रोल्पा नगरपालिका ७ का सरिता घर्ती, निर्माण सेवा अन्तर्गत गोपी निर्माण सेवा प्रा.लि र उत्कृष्ट करदाताको रुपमा लेखनाथ आचार्यलाइ नगरपालिकाले नगद सहित सम्मान गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array