Ad image

त्रिवेणी गाउँपालिकाकोले ल्यायो ५० करोड बढीको बजेट

मालश्री खबर
मालश्री खबर ११ असार २०८०, सोमबार
1 Min Read
Aa

अमृत वली
मालश्री खबर, असार ११ गते रोल्पा

रोल्पाको त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ सालको लागि ५० करोड बढीको बजेट ल्याएको छ ।गाउँपालिकाले आइतबार प्रस्तुत गरेको बजेट ५० करोड ५२ लाख ९३ हजार ७ सय ६१ रुपैयाँ रहेको छ । जस अनुसार चालुतर्फ २८ करोड ८६ लाख ६७ हजार ५ सय रूपैयाँ रहेको छ । पुँजीगत खर्च २१ करोड ६६ लाख २६ हजार २ सय रुपैयाँ रहेको छ ।


चौधौं गाउँसभामा पालिकाका उपाध्यक्ष लेखमणि डाँगीले बजेट प्रस्तुत गरेका हुन् । पालिकाको आन्तरिक आय भने १ करोड ५ लाख रहेको छ । बजेटमा शिक्षा, पूर्वाधार,कृषि स्वास्थ्य र रोजगारको क्षेत्र मुख्य प्राथमिकतामा छन् ।

वडा तर्फ ३ करोड १२ लाख ५ हजार ८ सय रुपैयाँ रहेको छ , जस मध्ये
त्रिवेणी गाउँपालिका–१ मा रु.३८ लाख ८९ हजार ४ सय,
त्रिवेणी गाउँपालिका–२ मा रु.५८ लाख ३७ हजार ४ सय
त्रिवेणी गाउँपालिका–३ मा रु. ३६ लाख १९ हजार ४ सय,
त्रिवेणी गाउँपालिका–४ मा रु. ३९ लाख ३५ हजार, ४ सय
त्रिवेणी गाउँपालिका–५ मा रु. ३६ लाख ६ हजार ४ सय,
त्रिवेणी गाउँपालिका–६ मा रु.३८ लाख २४ हजार ४ सय,
त्रिवेणी गाउँपालिका–७ मा रु.६४ लाख ९३ हजार ४ सय,
रुपैयाँ बिनियोजन गरेको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array