Ad image

सुनिलस्मृति गाउँपालिकाले ५० करोड ८५ लाख माथिको बजेट ल्यायो

मालश्री खबर
मालश्री खबर १० असार २०८०, आईतवार
4 Min Read
Aa

भरत विश्वकर्मा/
असार १० गते सुलिचौर रोल्पा ।

सुनिलस्मृति गाउँपालिकाको गाउँ सभाको १४ औँ अधिवेशनको दोश्रो वैठक सम्पन्न भएको छ । गाउँ सभाको वैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गरिएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा लुम्बिनी प्रदेश सभा सदस्य तथा निवर्तमान आन्तरिक मामिला मन्त्री जोखबहादुर महराको प्रमुख आतिथ्यतामा रहको थियो भने विशिष्ट अतिथिको रुपमा लुम्बिनी प्रदेश सभा सदस्य मिना बुढा खड्का रहनुभएको थियो ।


सुनिलस्मृति गाउँपालिकाको १४ औँ गाउँसभामा सुनिलस्मृति गाउँपालिकाका उपाध्यक्ष मिना थापाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट बक्तव्य प्रस्तुत गर्नुभएको थियो । आगामी आर्थिक वर्षको सुनिलस्मृति गाउँपालिकाको बजेट नेपाल सरकार समानीकरण अनुदान ९करोड ८९ लाख, नेपाल सरकार शसर्त अनुदान २४करोड ३४ हजार, नेपाल सरकार विशेष अनुदान ६० लाख, नेपाल सरकार समपूरक अनुदान ८० लाख, राजस्व वाँडफाँट संघीय सरकार १० करोड २५लाख ०७ हजार रहेको जानकारी गराउनुभएको थियो ।
त्यसका साथै लुम्बिनी प्रदेश सरकार समानीकरण अनुदान ६९ लाख १६ हजार, शसतड अनुदान लुिम्वनी देश सरकार ७६ लाख ५० हजार, समपुरक अनुदान लुिम्वनी देश सरकार १ करोड, राजस्व वाँडफाँड लुिम्वनी प्रदेश सरकार ५१ लाख ४३ हजार, आन्तरिक राजस्व आम्दानी १ करोड, बैँक नगद मौज्दात १ करोड रहेको कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो ।
जसमा चालु तर्फ अनुमानित ३५ करोड १३ लाख २६ हजार अर्थात कुल बजेटको ७१.५ प्रतिशत र पुजीँगत तर्फ १५ करोड ७१ लाख ९० हजार रुपैया अर्थात कुल बजेटको २९.५ प्रतिशत गरी कुल अनुमानित ५० करोड ८५ लाख १६ हजार रुपैया बराबरको बजेट रहेको छ ।
उक्त बजेटमा आर्थिक विकास तर्फ कृषि क्षेत्रको विकास तथा आधुनिकिकरण, उद्योग तथा बाणिज्यको विकास र विस्तार, पर्यटन प्रवद्धन, सहकारी क्षेत्रको विकास र विस्तारको लागी १ करोड २४ लाख ३२ हजार, सामाजिक विकास तर्फ शिक्षा क्षेत्रको विकास स्वास्थ्य, खानेपानी तथा सरसफाई, साँस्कृतिक प्रर्बद्धन खेलकुद तथा मनोरञ्जन, लैङ्गिक समानता, सामाजिक समावेशीकरणको समग्र विकास र विस्तारको लागी २८ करोड ८३ लाख ४ हजार, पुर्वाधार विकास तर्फ स्थानीय सडक, पुल, सिचाई भवन, उर्जा, लघु तथा साना जलविद्युत, वैकल्पिक उर्जा साथै सञ्चार क्षेत्रको विकास र विस्तारको लागी १० करोड १९ लाख ८० हजार, वन तथा वातावरण, विपद् व्यवस्थापन तर्फ वन तथा भुसंरक्षण, जलाधार संरक्षण, वातावरण संरक्षण, जलवायु परिवर्तन, फोहोर मैला तथा ढल व्यवस्थापन, जलउत्थान पूकोप नियन्त्रण, विपद् व्यवस्थापन र वारुण यन्त्र सञ्चालन आदि कार्यको लागी ११ लाख, सस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ सामान्य सेवा, सुरक्षा व्यवस्थापन, सुचना प्रविधि, पञ्जिकरण व्यवस्थापन, स्थानिय तथ्याङ्क संकलन, अभिलेख व्यवस्थापन, सुशासन प्रर्बधन, अनुसन्धान तथा विकास लगाएतको लागी १० करोड ५८ लाख रुपैया बजेट विनियोजन गरेको छ ।


सुनिलस्मृति गाउँपालिकाले यस आर्थिक वर्षको बजेटमा आर्थिक, सामाजिक, रोजगारीका साथै दिगो विकासलाई लक्षित गरि बजेट तयार गरेको बताएको छ । सुनिलस्मृति गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा विशेष रुपमा स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने, वैज्ञानिक कृषि प्रणालीको प्रयोग गरी व्यवसायिकरण गर्ने, सिपमुलक तालिमद्धारा जनशक्तिको उत्पादन गर्ने, सुशासनको प्रवर्धन गर्ने, आन्तरिक राजस्वलाई बृद्धि गर्ने लगाएतको नीति तथा कार्यक्रमलाई बजेटमा विषेश रुपमा प्राथमिकता दिइएको बताइएको छ ।
सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीको सभा अध्यक्षतामा सुरु भएको गाउँसभामा सुनिलस्मृति गाउँपालिकाका प्रमुख प्रशासमकीय अधिकृत दिनेश पौडेल, सुनिलस्मृति गाउँसभाका सदस्य तथा जनप्रतिनिधि, विभिन्न शाखामा कार्यरत कर्मचारी, विभिन्न मिडियामा आवद्ध क्रियाशिल पत्रकार, सुरक्षाकर्मी लगाएतको सहभागीता रहेको थियो ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array