Ad image

रोल्पा नगरपालिकाको १३ औं नगरसभा भव्य रुपमा सम्पन्न

मालश्री खबर
मालश्री खबर १० असार २०८०, आईतवार
5 Min Read
Aa

लोकेन्द्र चन्द/मालश्री खबर, असार १० रोल्पा ।
रोल्पा नगरपालिकाको १३ औं नगरसभा आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सम्पन्न भएको छ । रोल्पा नगरवासिको समृद्धिको आधार, शिक्षा,कृषि, पर्यटन र पुर्वाधार बिकास भन्ने मुल नाराका साथ नगरसभा सम्पन्न भएको बताइएको छ । पुर्ब सभामुख कृष्ण बहादुर महराको प्रमुख आतिथ्यतामा र लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन, जिल्ला समन्वय समिती रोल्पाकि प्रमुख सिता आचार्य र रोल्पा नगरपालिका निबर्तमान मेयर पुर्ण केसिको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको रोल्पा नगरपालिकाले जानकारी दिएको छ ।

 

आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम नगर सभामा नगरपालिका मेयर सुरेन्द्र थापा घर्तिले प्रस्तुत गर्नु भएको थियो । नीति तथा कार्यक्रम नगर सभामा प्रस्तुत गर्दै नगरपालिका मेयर सुरेन्द्र थापा घर्तिले बिगतका राम्रा निति तथा कार्यक्रमहरुलाई निरन्तरता दिदै नगरले आगामि आर्थिक बर्ष देखि सुरुवाग गर्न नगरका गौरबका आयोजनाहरुको समेत निती तथा कार्यक्रममा समाबेस गरेको बताउनु भएको छ ।

- Advertisement -
Ad image

मिट करीडोर विकास देखि उत्पादनमा आधारीत अनुदान, सुन्तला पकेट कार्यक्रम, आलुको लेबलिङ ब्राण्डिङ, पर्यटन सर्किट, पर्यटन सम्मेलन, पर्यटनको अभिलेखिकरण, वयलकम टु रोल्पा अभियान, ग्रामिण स्थानमा रहेका सुत्केरी महिलाहरुको गाउँमै भिडियो एक्सरे प्रणाली, आमासँग उपमेयर कार्यक्रम, पातका टपरी, कक्षा ८ सम्म नगरको आफ्नै पाठ्यपुस्तक हुने, ११ हजार विद्यार्थीको स्वास्थ्य परिक्षण, ५५ वर्ष उमेर पुगेका र पेन्सन अवधि पुगेको शिक्षकहरुलाई स्वच्छिक अवकासका निम्ति प्रोत्साहन , युनिसेफको सर्बेक्षणमा रोल्पा नगरपालिका देशभरबाट दोस्रो खानेपानि स्वच्छता कायम गर्ने नगरपालिका बनेको, १ र ३ नम्बर वडा पूर्ण सरसफाईयुक्त वडा घोषणा, छात्रावृत्ति कार्यक्रममा विषयगत विविधिकरण गरी एम.बि.बि.एस डाक्टर र इन्जिनियर तर्फ लैजाने, अबको अनुदानलाई विद्यालय शिक्षा सुधारको रुपमा प्रफर्ममेन्स वेस ग्रान्डको सुरुवात गर्ने, लक्षित समुहका ६ वर्ग जसको कार्यक्रम उसैको अगुवा हुने, सहीद, घाइते ग र घ वर्गको नगरपालिकाले एकमुष्ट बीमा गर्ने, सडकहरुको सहिदको नाममा नामकरण गर्ने लगाएतको थुप्रै योजनाहरु सार्बजनिक गर्नु भएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्य रोल्पा नगरपालिका उपमेयर गिता आचार्यले प्रस्तुुत गर्नु भएको थियो । सभामा आचार्यले आगामी आर्थिक बर्ष २०८०/०८१ को लागी कुल ७५ करोड ८९ लाख ७४ हजार ९ सय ९२ रुपैया पेश गर्नु भएको थियो । जसमा चालु तर्फ कुल ४१ करोड, १७ लाख, ७५ हजार, ८ रुपैया, (५४.२५) प्रतिशत र पुजीगत तर्फ कुल ३४ करोड ७१ लाख,९९ हजार, ९ सय ८४ रुपैया (५४.२५) प्रतिशत को बजेत प्रस्तुत गर्नु भएको छ ।

सभाका प्रमुख अतिथि समेत रहनु भएको पुर्ब सभामुख कृष्णबहादुर महराले रोल्पा नगरपालिकाले शिक्षामा जोड दिएमा नगरपालिका शैक्षिक हब बन्ने बताउनु भएको छ । रोल्पा नगपालिका पर्यटनको निकै सम्भावना बोकेको क्षेत्र भएकाले पर्यटकलाई आकर्षण गर्ने योजनाका विभिन्न खाका कोरी त्यस तर्फ लागेमा नगरपालिकालाई चिनाउन थप टेवा पुग्ने बताउनु भएको छ । नगरपालिकाले लिएको वयलकम टु रोल्पा अभियान निकै राम्रो भएको प्रतिकृया दिनुभएको छ । वित्तिय हस्तातरणामा गर्नमा आफुले निकै ठुलो पहल गरेको बताउनु भयो ।


त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनले स्थानीय तहले ल्याउने नीति तथा कार्यक्रमको अवसरमा रोल्पा नगरपालिकाले सिटी भिटीमाका विभिन्न कोर्षमा छात्रवृत्तिमा अध्ययन गरी दिक्षित हुन सफल भएका विद्यार्थीहरुलाई बधाई दिनु भएको छ । सरकारले लिएको नीति तथा कार्यक्रम अविभावकीय स्तरबाट आफ्ना नीति तथा कार्यक्रम को वाडँफाडँ गर्नुपर्ने बताउनु भएको छ । सरकार अविभावक भएकाले जनताको आर्थिक, सामाजिक, भौतिक लगाएत सम्पुर्ण चौतर्फी विकासमा ध्यान दिदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने धारणा राख्नु भयो । नीति, कार्यक्रममा र बजेटको बीचमा उचित तालमेल हुनु पर्ने जानकारी दिनु भएको छ । राजनितिक अराजकता र आर्थिक मन्दीको कारणले गत वर्षको तुलनामा यो आर्थिक वर्षमा बजेट कटौती भएर आएको भन्दै आगमी दिनमा विभिन्न पक्षलाई ध्यान दिई हामी सबै सचेत हुनु पर्नेमा जोड दिनु भयो ।

रोल्पा नगरपालिकाको नगरसभाको अवसरमा आर्थिक बर्ष २०७९/०८० मा उत्कृष्त कार्य सम्पादन गरेबापत नगरपालिका भित्रको उत्कृष्ट काम गर्ने कर्मचारी, कृषक, दूग्ध कृषक, उपभोक्ता समूह, संचार क्षेत्रमा उत्कृष्ट काम गर्ने रेडियो मालश्री, करदाता, शिक्षक, विद्यालय, टोल विकास संस्था, खेलाडी, निमार्ण व्यावसायि, लगाएतलाई प्रसंसा पत्र र नगद सहित सम्मान समेत गरेको छ । रोल्पा नगरपालिकाले निशुल्क छात्रबृत्तिमा अध्यनरत सिभिल इन्जिनियरिङ, बालि बिज्ञान, पशु बिज्ञान र बिभिन्न प्राबिधिक धारमा अध्यनरत २५३ जना मध्य उर्तिण हुने २९ जना बिद्यार्थिलाई दिक्षित गरेर सम्मान गरेको छ । नगर सभाको सञ्चालन रोल्पा नगरपालिका प्रमुख प्रसासकिय अधिकृत तथा सदस्य सचिव महेन्द्र पराजुलीले गर्नु भएको थियो ।

  

प्रतिक्रिया दिनुहोस्

Array