अतिरिक्त हुलाक कार्यालय खारेजको विरुद्धमा आन्दोलन जारी

मालश्री खबर
मालश्री खबर १० असार २०८०, आईतवार
2 Min Read
Aa

 

नेपाल अतिरिक्त हुलाक कर्मचारी यशोसियसन जिल्ला समिती रोल्पाले आज सदरमुकाम लिबाङमा पत्रकार भेटघाट गरेको छ । नेपाल सरकारले आर्थिक वर्ष २०८०–०८१ को बजेटमा देशभरका अतिरिक्त हुलाक कार्यालयहरु खरेज गर्ने निर्णय गरे पछि उनिहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन ।

सोही आन्दोलनको कार्यक्रम अन्तरगत आज पत्रकार भेटघाट तथा अनसन कार्यक्रम कार्यक्रम सम्पन्न गरेको नेपाल अतिरिक्त हुलाक कर्मचारी यशोसियसन जिल्ला समिती रोल्पाका संयोजक देबबहादुर सन्यासीले जानकारी दिनु भएको छ । जिल्लामा असार ५ गतेदेखि १० गते सम्म विभिन्न चरणवद्ध आन्दोलन जारी रहेको संयोजक सन्यासीले जानकारी दिनु भएको छ । ५ गतेदेखि ९ गते सम्म अनसन र दशौ दिनमा जिल्ला हुलाक कार्यालय तालाबन्दिको कार्यक्रम रहेको थियो । आन्दोलन कारिहरुले कार्यालयमा ताल्चा भने लगाउन सकेका छैनन् । प्रमुख जिल्ला अधिकारीले शान्तिपुर्ण आन्दोलन गर्न आग्रह गरि बाक्लो मात्रमा प्रहरी परिचालन गरेकाले ताल्चा लगाउन नसकिएको सन्यासीको भनाई छ ।

आन्दोलनको तेह्रौ दिनदेखि हुलाक विभाग घेराउ, अर्थमन्त्रालय र संचार मन्त्रालय घेराउ कार्यक्रम रहेको उनिहरुको भनाई छ । सम्बिन्धित निकायहरुले आफुहरुको माग सम्बोधन नगरे सर्वोच्च सम्म पुग्ने आन्दोलन कारिहरुको माग छ । हाल रोल्पामा ४१ वटा अतिरिक्त हुलाक कार्यालय छन भने १ सय ३९ जना कार्यरत रहेका छन ।

आन्दोलन कारिहरुले तत्काल अतिरिक्त हुलाक खारेज फिर्ता गर्नु पर्ने, अतिरिक्त हुलाकका कर्मचारीहरुको रोजगार खोज्न नपाइने, अतिरिक्त हुलाक कार्यालयको संरचना खारेज नभइ पुनःसंरचना गर्नु पर्ने र अवकास पछि पाउने सेवा सुविधाको ग्यारेन्टी गर्नु पर्ने माग राखेका छन ।

 

प्रतिक्रिया दिनुहोस्