Ad image

दलित, गैर दलित विच बहुजातीय अन्तरक्रीया कार्यक्रम सुनछहरी गाउँपालिकामा समपन्न

मालश्री खबर
मालश्री खबर १० असार २०८०, आईतवार
2 Min Read
Aa

टेकमन बिष्ट
मालश्री खबर, असार १० गते रोल्पा

सुनछहरी गाउँपालिकामा दलित तथा गैर दलित विच बहुजातीय अन्तरक्रीया कार्यक्रम समपन्न भएको छ ।

संयुक्त दलित जनअधिकार मञ्च सुनछहरी गाउँपालिका पोबाङ रोल्पाको आयोजना तथा सुनछहरी गाउँपालिका पोबाङ रोल्पाको आर्थिक सहयोग एवम् राष्ट्रिय दलित संग्राहलय रोल्पाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

  

- Advertisement -
Ad image

कार्यक्रममा जातीय भेदभाव तथा छुवाछूत सम्बन्धि कानुनहरु के के हुन ? भन्ने बिषयमा नेपाली काङ्ग्रेसका सदस्य रेगबहादुर बुढा मगर, नेकपा माओवादीका सदस्य दुर्गा बहादुर बुढाथोकी नेकपा एमालेका सदस्य तिर्ख बहादुर मगर, देबि मन्दी मा.बि पोबाङ्का शिक्षक जंगबहादुर पुन मगर लगायतले प्रशिक्षण दिनुभएको थियो ।

नेकपा एमालेका सदस्य तिर्ख बहादुर मगरले जातीय छुवाछूत परम्परागत काल देखी चलेको हुनाले यसलाई समाजबाट हटाउन समाजका बुद्धिजीवीहरुले टोल टोलमा गएर प्रशिक्षण दिएर चेतनको स्तर बढाउन सकेमा प्रभावकारी हुने बताउनुभयो । यस्तै देबि मन्दी मा.बि पोबाङ्का शिक्षक जंगबहादुर पुन मगरले दश वर्षे जनयुद्ध पछि धेरै सुधार आए पनि समयको परिवर्तन संगै अझै परिवर्तन हुन बाकी रहेको बताउनुभयो ।

अध्यक्ष सन्तु कामीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि सुनछहरी गाउँपलिकाका अध्यक्ष धनबहादुर पुन, पाँच नम्बर वडा अध्यक्ष देबिलाल रोका मगर पुर्ण गोतामे, निवर्तमान कार्यपालिका सदस्य मोतीराम, कार्यपालिका सदस्य अनिशा बिष्ट, नेपाली काङ्ग्रेसका सदस्य रेगबहादुर पुन, नेकपा एमालेका सदस्य तिर्खबहादुर बुढा मगर, माओवादी केन्द्रका सदस्य दुर्गा बहादुर बुढाथोकी लगाएको आतिथ्यता रहेको थियो ।

शिक्षकहरु नमुना मा.बि कसलाका शिक्षिका हिमसरा, देबि मन्दी मा.बि पोबाङ्का शिक्षक जंगबहादुर पुन मगर, लक्ष्मी प्रा.बि थनबाङका शिक्षिका सरिता घर्ती मगर, चेतना प्रा.बि माबाङका प्र.अ उमेश पुन मगर एवम् सुनछहरी गाउँपालिका पाँच नम्बर टोल जैमाकसला भित्र रहेका सम्पुर्ण दलित तथा गैर दलित, आमा समुह, युवा क्लबका प्रतिनिधी, शिक्षक, विद्यार्थी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, लगायत सुनछहरी गाउँपालिका पाँच नम्बर टोलको उपस्थित रहेको थियो ।कार्यक्रमको संचालन जोग बहादुरले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array