Ad image

रेडियो मालश्रीका पत्रकार बुढा मगर सम्मानित

मालश्री खबर
मालश्री खबर १० असार २०८०, आईतवार
1 Min Read
Aa

मालश्री खबर असार १० गते, रोल्पा ।

सामुदायिक रेडियो मालश्री १०० बिन्दु ५ मेघहर्जका पत्रकार सुर्य प्रकाश बुढा मगरलाई परिवर्तन गाउँपालिकाले सम्मान गरेको छ।आगामी वर्ष २०८०र०८१ को नीति,कार्यक्रम तथा बजेट अधिवेशन र पन्ध्रौं गाउँसभाको अवसरमा असार ८ गते शुक्रबारका दिन सम्मान गरेको हो।

असार ७ गते बसेको २०औं कार्यपालिका निर्णय तथा आर्थिक वर्ष २०७९र०८० को स्वीकृत कार्यक्रम अनुसार परिवर्तन गाउँपालिकाको हरेक गतिविधिलाई मिडिया समक्ष सम्पादन प्रकाशन गर्ने एक जना पत्रकारलाई सम्मान गर्ने उद्देश्य अनुरुप पत्रकार बुढा मगरलाई नगद १५ हजार सहित प्रमाणपत्र,खाँडा र अबिर लगायत प्रमुख अतिथी पूर्व सहायक राज्य मन्त्री भिम कुमारी बुढा मगर,परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर,परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी र परिवर्तन गाउँपालिकाका प्रमुख प्रेम जि।एम लगायतले सम्मान गर्नु भएको हो।

- Advertisement -
Ad image

पत्रकार बुढा मगर सामुदायिक रेडियो मालश्रीमा २०७४ जेठ १४ गतेदेखि आवद्ध भएका थिए।अहिले रेडियो विभिन्न अनलाइनमा आवद्ध हुँदै सक्रिय रूपमा पत्रकारिता गर्दै आउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्

Array