रोल्पाको गंगादेव गाउँपालिकामा वित्तीय सेवामा पहूच कार्यक्रम सम्पन्न

मालश्री खबर
मालश्री खबर ९ असार २०८०, शनिबार
1 Min Read
Aa

हिमाली खड्का
मालश्री खबर, असार ९ गते रोल्पा

रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ७ मा वित्तीय सेवामा पहूच कार्यक्रम सम्पन्न भएको छ । गरिवि निवारणका लागी लघुउद्यम विकास कार्यक्रम अन्तरगत सुक्रबार एक गंगादेव गाउँपालिका वडा नं. ७ मा वित्तीय सेवामा पहूच कार्यक्रम सम्पन्न भएको हो ।

वडा नं. ७ का वडा अध्यक्ष प्रेमप्रकाश के.सी.को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा गंगादेव गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुन रहनुभएको थियो भने कार्यक्रमको विशिष्ट अतिथिमा उपाध्यक्ष अमृता कुमारी के.सी रहनु भएको थियो । महिलाहरुलाई लक्षीत गरी आयोजना गरिएको कार्यक्रमको सहजिकरण गंगादेव गाउँपालिकाका उद्यम विकास सहजर्कता सिता खड्काले गर्नुभएको थियो । कार्यक्रमको प्रशिक्षण ग्लोबल आइएमइ बैंक लिमिटेड सुकिदह साखाका प्रमुख सुगम श्रेष्ठले दिनुभएको थियो । बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ्ग सेवा र यसमा अपनाउनु पर्ने सावधानी, उद्यमशीलता विकास लगायतका विषयहरूमा प्रष्ट पार्नुभएको थियो ।

साथै, बैंकले सामाजिक संजाल र वेबसाइट मार्फत पनि बचत प्रोत्साहन गर्न, अज्ञात स्रोतहरुबाट आएका कुनै पनि लिंकहरु नखोल्न,OTP, Password, PIN, CVV जस्ता संवेदनशील विवरणहरु कसैसँग पनि शेयर नगर्न र डिजिटल ठगीबाट सचेत हुन समेत सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्