Ad image

गंगादेव गाउँपालिका ७ मा कटाइ सिलाई सीप विकास तालीमको समापन

मालश्री खबर
मालश्री खबर ९ असार २०८०, शनिबार
1 Min Read
Aa

हिमाली खड्का
मालश्री खबर, असार ९ गते रोल्पा

रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ७ मा ९० दिने कटाइ सिलाई सीप विकास तालीम सम्पन्न भएको छ ।

गरिवी निवारणका लागि लुघु उद्यम विकास कार्यक्रम अन्तरगत महिलाहरुको लागी गंगादेव गाउँपालिकाको आयोजनामा चैत्र महिना देखि सुरु भएको ९० दिने कटाइ सिलाई तालीम सुक्रबार वडा नं. ७ को वडा कार्यालयमा एक कार्यक्रमका विच सम्पन्न भएको हो ।

- Advertisement -
Ad image

वडा नं. ७ का वडा अध्यक्ष प्रेमप्रकाश के.सी.को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा गंगादेव गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुन रहनु भएको थियो भने विशिष्ट अतिथिमा उपाध्यक्ष अमृता कुमारी के.सी. रहनुभएको थियो । कार्यक्रममा वडा सदस्य धनराज डागी, अमृता के.सी. लालमती कामी, वडा सचिव निमबहादुर भारती, ग्लोवल आइएमई बैंक सुकिदह शाखाका प्रमुख शुगम श्रेष्ठ, टेकम डागी लगाएतको आतिथ्यता रहेको थियो ।

गंगादेव गाउँपालिका उद्यम विकास सहजकर्ता सिता खड्काको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन हिमाली खड्काले गर्नुभएको थियो । समापन कार्यक्रममा बोल्दै गंगादेव गाउँपालिका अध्यक्ष हरिबहादुर पुन र उपाध्यक्ष अमृता कुमारी के.सी.ले जुनसुकै सिप पनी उत्तिकै महत्वपुर्ण भएको हुदा आफुहरुले सिकेको सिपलाई व्यवहारमा लागु गर्न र व्यवसायीक रुपमा परिणत गर्न सुझाव दिनुभएको थियो ।

 

मालश्री खबर

प्रतिक्रिया दिनुहोस्