Ad image

सुनछहरी गाउँपालिकाको गाउँसभा भव्य रुपमा सम्पन्न

मालश्री खबर
मालश्री खबर ८ असार २०८०, शुक्रबार
3 Min Read
Aa

भरत बिश्वकर्मा/मालश्री खबर, असार ८ गते रोल्पा

सुनछहरी गाउँपालिकाले १४ औँ गाउँसभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम गाउँपालिकाका अध्यक्ष धन बहादुर पुनमगरले गाँउसभामा प्रस्तुत गर्नु भएको थियो । आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम गाउँपालिकाका अध्यक्ष धन बहादुर पुनमगरले गाँउसभामा प्रस्तुत गर्दै कृषि उत्पादन तर्फ कृषि क्षेत्रको बजारीकरण, आधुनिकीकरण गर्दै निर्वाहमुखी कृषि प्रणालीलाई आत्मनिर्भर र उत्पादनशील कृषि प्रणालीमा रुपान्तरण गर्न भुमि बैंकको नीतिलाई निरन्तरता दिने, कृषि र पशुमा आधारित साझेदारी कार्यक्रम मार्फत उद्यमी बनाउने, आयमा बृद्धि, रोजगारीको अवसरमा वृद्धि, विषेश रुपमा कृषि क्षेत्रको लागी यस गाउँपालिकाले रासायनिक मलको प्रयोगलाई भन्दा प्राङ्गारिक मलको प्रयोगबाट उत्पादन बढाउन जोड दिने, विषेश गरी कृषि पेशालाई परिणाममुखी बनाउने लगाएतका नीति तथा कार्यक्रमहरुमा बजेट समावेश गरिएको छ ।


उद्योग सम्बन्धी स्थानीय स्तरमा आधारित साना उद्योग स्थापना गर्नको लागी नीजि क्षेत्रलाई प्रत्साहन गरीने, सुनछहरी गाउँपालिकामा उत्पादन हुने कोदो बाट बनाइने स्थानीय मदिरालाई ब्राण्डेड लेभलिङ गरि बजारीकरण गर्न तर्फ अग्रसर रहने लगाएतका नीति तथा कार्यक्रममा आधरित बजेट विनियोजन गरेको छ । शिक्षा क्षेत्रको समग्र विकासको लागी यस गाउँपालिकाले आफ्नो सँस्कृतिमा आधारित भएर मगर भाषाको पाठ्यक्रम प्रयोगलाई आधारभुत तहसम्म विस्तार गर्ने, विद्यालयमा दिवा खाजा कार्यक्रम अन्तरगत स्थानीय स्तरमै उत्पादन हने खानेकुरालाई व्यवस्थापन गर्ने, माध्यमिक तहका विद्यार्थीहरुको माझमा युवा विद्यार्थीसँग स्थानीय सरकार कार्यक्रम गरी शिक्षा क्षेत्रको विकासको लागी बिपन्न दलित परिवार तथा जेहेनदार विद्यार्थीको लागी प्राविधिक शिक्षा प्रदान गर्ने, यसका साथै विद्यार्थीहरुलाई पढ्दै कमाउदै प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिने खालको नीति तथा कार्यक्रममा केन्द्रित भई बजेट विनियोजन गरेको छ ।


सुनछहरी गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाउँपालिकाको गौरवको खेलको रुपमा व्याट्मिन्टन खेललाई विषेश प्राथमिकताको साथ लैजानको लागी बजेट विनियोजन गरेको छ । यसका साथै खेलकुदमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लाई पनि विशेष जोड दिनेकुरा उल्लेख गरिएको छ । सुनछहरी गाउँपालिका पर्यटकिय क्षेत्रको विकासको लागी सम्भावना रहेको स्थानको पहिचान गरि पर्यटकिय पदमार्गको निर्माण गरिने, यस क्षेत्रको सँस्कार सँस्कृति भेषभुषालाई संरक्षणको नीति तथा कार्यक्रमलाई पनि सम्बोधन गर्ने भएको छ । सुनछहरी गाउँपालिका धेरै जसो उच्च पहाड र मनोरम प्राकृतिक दृश्यले भरिपुर्ण गाउँपालिकाको रुपमा स्थापित भएको कारण जलजला, लुङटुङ, तिनकिल्ला, बुजुधुरी, सुनछहरीको झरणा, लुम्पा डाँडाँ, फुलवारी लेक, कोठीभिर, तिलाचन दह आदि लगाएतको क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने नीति तथा कार्यक्रम लाई बिषेश रुपमा जोड दिएको छ ।

- Advertisement -
Ad image


आर्थिक वर्ष २०८०।०८१ को बजेट वक्तव्य गाउँकार्यपालिकाका सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता एंव वडा न. ६ का वडा अध्यक्ष अमरजित पुनले प्रस्तुत गर्नुभको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालसिंह खड्काले जानकारी दिनु भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य निबर्तमान आर्थिक मामिला मन्त्री जोख बहादुर महाराको प्रमुख आतिथ्यतामा भएको अधिबेशनमा बिशिष्ट अतिथिहरुमा लुम्बिनी प्रदेश सभा सदस्य मिना बुढा खड्का, जिल्ला समन्वय समिती रोल्पाकी प्रमुख सिता आचार्य, सुनछहरी गाउँपालिका निर्वतमान अध्यक्ष आस बहादुर पुन र नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचन मगर रहनुभएको थियो । सभा तथा अधिबेशनमा स्वागत मन्तव्य गाउँपालिकाका उपाध्यक्ष ननकला घर्ति मगरले गर्नुभएको थियो ।

   

प्रतिक्रिया दिनुहोस्

Array