Ad image

नेपाल तेक्वान्दो संघ रोल्पाले ओलम्पिक डे २०२३ मनायो

मालश्री खबर
मालश्री खबर ८ असार २०८०, शुक्रबार
4 Min Read
Aa

मालश्री खबर, असार ८ गते रोल्पा

नेपाल तेक्वान्दो संघ रोल्पाले ओलम्पिक डे मनाएको छ । रोल्पामा ओलम्पिक डे–२०२३ नेपाल तेक्वान्दो संघ अन्तर्गत रोल्पा जिल्ला तेक्वान्दो संघको आयोजनामा प्रभातफेरी, सरसफाई तथा खेलाडी सम्मान कार्यक्रम आयोजना गरी ओलम्पिक डे मनाएको हो ।


रोल्पा जिल्ला तेक्वान्दो संघका अध्यक्ष हेमन्त खत्रीको अध्यक्षता भएको कार्याक्रममा प्रमुख अतिथिमा रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्ती क्षेत्री रहनु भएको थियो । विशेष अतिथिमा रोल्पा नगरपालिकाका निवर्तमान प्रमुख पुर्ण के.सी., जिल्ला कार्यसमितिका पदाधिकारी, तेक्वान्दो डोजाङ प्रमुख, तेक्वान्दो प्रशिक्षक तथाखेलाडीहरुको उपस्थिति रहेको थियो ।

जुन २३ अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको स्थापना भएको दिन तथा मोर्डन ओलम्पिक खेलको सुरुवात गरिएको दिनका रुपमा रहेकोले ओलम्पिक डे को रुपमा मनाइने गरिन्छ । आम सर्वसाधारणहरु लाई जीवनमा खेलको महत्त्वबारे सचेत गराउन हरेक वर्ष जुन २३ मा अन्तर्राष्ट्रिय ओलम्पिक दिवस विभिन्न कार्यक्रमका साथ मनाइन्छ । ओलम्पिक दिवस धेरै भन्दा धेरै खेलकुद कार्यक्रम गरी मनाइने हुनाले पनि यो दिन विश्व नै सक्रिय हुने दिनको रुपमा लिइन्छ । यो दिनलाई संयुक्त राष्ट्र संघको महासभाले जुन २३ लाई सार्वजनिक सेवा दिवसका रूपमा मनाउने गरी तोकेको छ ।

- Advertisement -
Ad image

 

कार्यक्रमका विशेष अतिथि रोल्पा नगरपालिकाका निवर्तमान प्रमुख तेक्वान्दो खेलाडी तथा तेक्वान्दोको अभिभावक पुर्ण के.सी.ले ओलम्पिकको मूल्य र मान्यतालाई सबै माझ पुर्याउन सके खेलकुदको गरिमा अझ बढ्ने बताउनुभयो । ओलम्पिक डे सम्पूर्ण खेलाडीहरुको उत्सव भएको धारणा व्यक्त गदै खेलकुदको माध्यमबाट भातृत्वको विकास, देशको प्रगति र समाजमा शान्ति स्थापन गर्न चाहेको उल्लेख गर्नुभयो । सबैको समर्पणको भावनाले रोल्पाली र नेपाली खेलकुदलाई नयाँ उचाइमा पुर्याउन सबै तहको महत्व रहेको पनि बताउनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्तीले खेलकुद हाम्रो जीवन हो, एकता हाम्रो शक्ति हो हाम्रो सीप लगनशीलताबाट चम्किन्छ, शान्ति र स्थिरता मार्फत समृद्ध हुने बताउनु भयो ।


खेलकुद क्षेत्रलाई नगरपालिकाले विशेष रुपमा हेर्दै आइरहेको र खेल क्षेत्र र पर्यटनबाट नगरपालिकालाई समृद्ध बनाउन लागि परेकोले यसमा सबै तह र तप्काहो आवश्यक रहेको कुरा बताउनु भएको थियो । साथै ओलम्पिक खेल विश्वको सबैभन्दा ठुलो खेल मानिन्छ र यो खेलमा सहभागी हुनको लागि खेलाडी र राज्यको अहम् भूमिका रहने बताउनु भएको थियो ।
कार्यक्रमका सभा अध्यक्ष तथा रोल्पा जिल्ला तेक्वान्दो संघका हेमन्त खत्रीका अनुसार खेल अन्तर्राष्ट्रिय खेल महासंग्राम हो, यो हरेक ४ वर्षमा १ पटक विश्वको कुनै एक देशमा हुने गर्दछ । यो खेलमा सहभागीता जनाउन ३ वटा माध्यमहरु रहेका हुन्छन ति तीनओटा माध्यम मध्ये छनोट प्रतिस्पर्धा जित्ने विश्वका सबै खेलाडी यही बाटो हुदै ओलम्पिक पुग्ने गर्दछन् ।
नेपालबाट तेक्वान्दोका संगिना बैध्य र दिपक विष्टमात्र यो बाटो पार गरेर ओलम्पिक पुग्न सकेका छन् । १९८८ मा सोल ओलम्पिक तेक्वान्दो खेलका विधान लामाले कास्य पदक जितेर विश्वलाई नै चकित पारेका थिए तर त्यो खेल औपचारिक खेल थिएन प्रर्दशनमात्र थियो । त्यस पश्चात नेपाल देश पदक विहिन छ । त्यसैले राज्यले खेलाडीलाई खेल खेलेर जिउने वातावरण र सक्षम खेलाडी उत्पादन, भौतिक संरचना लगायत खेल सामग्री जस्ता कार्यहरुमा बजेटको आकार बढाउन जरुरी छ । त्यसैले जुन खेलबाट भए पनि खेलाडीको सपना भनेकै ओलम्पिकमा पुग्नेमात्र नभै स्वर्ण पदक लिने सपना हुन्छ ।

नेपाल तेक्वान्दो संघ, प्रदेश तेक्वान्दो संघको परिपत्र अनुसार रोल्पा जिल्लाको सदरमुकाम लिबाङ लगायत जिल्ला सबै स्थानीय तहहरुमा तेक्वान्दो संघले ओलम्पिक डे २०२३ को अवसरमा प्रभातफेरी, सरसफाई तथा खेलाडी, प्रशिक्षक सम्मान समेत गरिएको थियो । उक्त कार्यक्रम संचालन रोल्पा जिल्ला तेक्वान्दो संघका सचिब तथा राष्ट्रिय रेफ्री लोकेन्द्र सेनले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array