गंगादेव ६ मा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य सुरु

मालश्री खबर
मालश्री खबर ७ असार २०८०, बिहीबार
2 Min Read
Aa

किरण बाबु वली

मालश्री खबर, असार ७ गते रोल्पा

पश्चिम रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ६ मा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य सुरु भएको छ ।

वडा कार्यालयले आज (विहिबार) देखि असार २६ गतेसम्म राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य सञ्चालन गर्ने वडा कार्यालयले जनाएको छ । गंगादेव गाउँपालिका वडा नम्बर ६ भित्र रहेका विभिन्न टोलहरु विभाजन गरी वडा कार्यालयबाट परिचयपत्र विवरण संकलन कार्य सुरु गरिएको गंगादेव गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष वीरबहादुर वलीले बताउनु भयो । आज (बिहिबार) रातामाटा टोलको राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य सुरु गरीएको हो ।

खानि टोट्के, माटेमिरे टोलमा ८ गते, न्याउलेखा, डलसिङ्लेटि, उमगैँरा, लामाडाँडा टोलमा १० गते, ११ गते गोर्जले गैँरा, बाटुलचौर, बजुपुज्ने टोलमा, १२ गते गर्पा, ओखरबोट, फुर्केमेल टोलमा विवरण संकलन गरीने भएको छ । त्यसै गरी बल्ले, डिम्मरगैरा टोलमा १३ गते, १४ गते गँुरासे, बलरहे टोलमा, १५ गते झाजरखोला, बल्लेपातल टोलमा विवरण संकलन गरने छ ।

१७ गते दहबाङ टोलमा, १८ गते देवलटाकुरा खानिखोला टोलमा, १९ गते पार्नागा, स्यालनागा टोलमा, २० गते खर्का डाँडा टोलमा, २१ गते रातिघरी ठुलापैँया टोेलमा, २२ गते हिले सौँरेगैरा टोलमा र २४ गते पुर्णागाउँ देउराली पुज्ने ताप्लामा विवरण संकलन गरीने वडा सदस्य विमलकुमार खड्काले जानकारी दिनु भएको छ । त्यस्तै विवरण संकलनमा छुट भएका वडा भित्रका व्यत्तिहरुले असार २५ र २६ गते वडामा उपस्थित भई विवरण संकलन गरीने छ ।

विवरण संकलनमा उपस्थित हुदाँ नेपाली नागरीकता प्रमाणपत्रको सक्कल प्रतिलिपी, उपलब्ध भए सम्म बुवा आमाको नागरीकताको प्रमाणपत्रको प्रतिलिपी, जन्ममिति, जन्ममिति नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र वा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपी, राहदानी लिएको भए सोको सक्कल प्रतिलिपी र बिवाहीतको हकमा नागरीकता प्रमाणपत्रमा पति पत्नीको नाम उल्लेख नभएमा बिवाह दर्ताको सक्कल प्रतिलिपी आवश्क पर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्