चालक र सहचालकहरुको लागि आँखा शिविर सम्पन्न

मालश्री खबर
मालश्री खबर ७ असार २०८०, बिहीबार
1 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर, असार ७ गते

चालक र सहचालकहरुको लागि एक दिने आँखा परिक्षण शिविरसम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय लिवाङ रोल्पामा विहीबार कार्यक्रम सञ्चालन गरीएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पा र ट्राफिक प्रहरी कार्यालय रोल्पाको आयोजना तथा जिल्ला अस्पताल रेउघाको सहयोग रहेको थियो ।

 

सदरमुकाम लिवाङबाट जिल्लाभर सञ्चालन हुने सवारीसाधन चालक र सहचालकहरुको लागि शिविर आयोजना गरीएको प्रहरी सहायक निरिक्षक रन्जित आचार्यले बताउनु भयो । शिविरमा आँखाका साथै प्रेसरको जाँच पनि गरीएको थियो । एक दिने शिविरमा जम्मा ७६ जना चालक तथा सह–चालकले सेवा लिएका थिए । जसमा नजर दोष १४ जनामा रहेको छ । कलर भिजनको समस्या ३ जनामा देखिएको छ भने उच्च रक्तचाप ७ जनामा रहेको छ । अन्यको भने आँखा र प्रेसरको मात्र ठिक रहेको डाक्टरहरुले बताएका छन् ।

शिविरमा नेत्र रोग सहायक दिपा भण्डारी र डेन्टल हाईजीनिस्ट अलि हैदर अन्सारी लगाएतले शिविरमा सेवा प्रदान गर्नु भएको प्रहरी सहायक निरिक्षक रन्जित आचार्यले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्