Ad image

रुडास नेपालको पालिका स्तरीय बार्षिक समिक्षा कार्यक्रम सुलिचाैरमा सम्पन्न

मालश्री खबर
मालश्री खबर ६ असार २०८०, बुधबार
5 Min Read
Aa

भरत विश्वकर्मा/

असार ६ गते, सुलिचौर रोल्पा ।

अस्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा आड्रा नेपाल र ग्रामिन विकास तथा चेतना समाज (रुडास नेपाल) रोल्पाको सझेदारीमा प्रक्याभ परियोजना अन्तरगत सुनिलस्मृति गाउँपालिकाको विभिन्न वडाहरुमा सञ्चालित भएका योजनाहरुको पालिका स्तरीय परियोजना सल्लाहकार समिति वैठक तथा बार्षिक समिक्षा कार्यक्रम सुनिलस्मृति गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रम सुनिलस्मृति गाउँपालिकाको उपाध्यक्ष मिना थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रमकोे प्रमुख अतिथिको रुपमा सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकी रहनुभएको थियो ।

- Advertisement -
Ad image

 

कार्यक्रममा प्रक्याभ परियोजना अन्तरगत रुडास नेपालले सुनिलस्मृति गाउँपालिकामा एक बर्षसम्म सञ्चालन गरेका विभिन्न गतिविधिको बारेमा रुडास नेपाल रोल्पाका कार्यक्रम संयोजक बिनोद रिजालले प्रस्तुत गर्नुभएको थियो । प्रक्याभ परियोजना कार्यक्रमबाट सुनिलस्मृति गाउँपालिकाको वडा नम्बर १ र २ का विभिन्न क्षेत्रहरुमा सामाजिक चेतना अभिबृद्धि गरी आत्मनिर्भर समाज र दिगो विकासका लागि विकास निर्माण कार्यक्रम सन्चालन गरी सबल र सक्षम समाजको स्थापना गर्न सहयोग गर्ने, सङ्कटासन्न अवस्थामा रहेको परिवारमा निम्तिने आर्थिक समस्यालाई कम गराउन, समुदायमा लैङ्गिक समानता सम्बन्धि, कोरोनाबाट प्रभाबितहरु बिशेष गरी महिला, अपाङ्गता भएका र समाजमा पछाडी परेका समुदायको कृषि तथा गैह्र कृषिमा आधारित ब्यवसायका लागि ज्ञान, सिप, तथा अभ्यासमा बृद्धि गराउने लगाएतका कार्यक्रमहरु सञ्चालन गरिएको कार्यहरु प्रस्तुत गर्नुभएको थियो । प्रक्याभ परियोजना अन्तरगत रहेर यस सस्थाले सुनिलस्मृति गाउँपालिकाको वडा नम्बर १ र २ को विभिन्न क्षेत्रमा बाख्रा पालन, बंगुर पालन, सिलाईकटाई, तरकारी खेती नर्सरी सम्बन्धि, फ्रेस हाउस, किराना पसल, तरकारी खेती लगाएतको विभिन्न खालको व्यवसायिक क्षमता विकास लगाएतका तालिमहरु सञ्चालन गरेको जानकारी दिनुभएको थियो ।

प्रक्याभ परियोजनाले विषेशगरि दिगो विकासका लक्ष्यहरु पुरा गर्न तर्फ उन्मुख भएको जानकारी दिनुभएको थियो । यस परियोजनाले सबै प्रकारको गरिबीलाई सबै ठाउँबाट अन्त्य गर्न, भोकमरीको अन्त्य गर्न, खाद्य सुरक्षा, उन्नत पोषण हासिल गर्न दिगो कृषिको पर्वतन गर्न, घरधुरीको पोषण आवश्यकताहरुको सम्बोधन गर्न, महिला तथा बालबालिकाको बिरुद्धमा हुने सबै प्रकारको भेदभावहरुको अन्त्य गर्न, महिला तथा बालबालिकाको बिरुद्धमा हुने हिंसालाई अन्त्य गर्न लगाएतको कार्यहरुमा अग्रसर भएर काम गरिरहेको रुडास नेपाल रोल्पाका कार्यक्रम संयोजक बिनोद रिजालले जानकारी दिनुभएको थियो ।

उक्त पालिका स्तरीय परियोजना सल्लाहकार समिति वैठक तथा बार्षिक समिक्षा कार्यक्रममा बोल्दै सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले अस्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा आद्धार नेपाल र ग्रामिन विकास तथा चेतना समाज (रुडास नेपाल) रोल्पाको सझेदारीमा सञ्चालित (प्रक्याभ) परियोजना कार्यक्रमले बिषेशगरी एक आपसमा सहजै रुपमा आफ्नो कुरा प्रस्तुत गर्न नसक्ने महिला, बालबालिका, अपाङ्गताभएका व्यक्ति लगाएत लाई सहजै मात्रामा कुराकानी गर्न सक्षम बनाएको कुरा व्यक्त गर्नुभएको थियो । सुनिलस्मृति गाउँपालिकाको वडा नम्बर १ र २ मा यस खालको कार्यक्रम सञ्चालन भएपछि धेरै जसो व्यक्तिहरु उद्यमीभएका, सिपमुलक व्यवसायमा संलग्न भएको कारण यस कार्यक्रमलाई आफुले सुनिलस्मृति गाउँपालिकाको सबै वडाहरुमा विस्तार गर्न चाहेको कुरा प्रस्तुत गर्नुभएको थियो । यस कार्यक्रमले गर्दा जनतासँग प्रतिबद्धता जनाएका कार्यहरुलाई पनि सहजै रुपमा गर्नको लागी केही सहयोग पु¥याएको कुरा व्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा बोल्दै सुुनिलस्मृति गाउँपालिका उपाध्यक्ष मिना थापाले प्रक्याभ परियोजना कार्यक्रमले गर्दा विपन्न, पिछडिएका महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिकाहरुको लाई ठुलो सहयोग पुगेको कुरा बताउनु भएको थियो । प्रक्याभ परियोजना अन्तरगत यस सस्थाले व्यक्तिलाई उद्यमी बनाउने खालको स्वरोजगार मुलक तालिमहरु सञ्चालन गरेको कारण अनुगमनको समयमा धेरै व्यक्तिहरुले रोजगारीको अवसर सिर्जना भएको जानकारी दिएको कुरालाई बताउदै, यस परियोजनाले गर्दा हिजोको दिनमा खुलेर आाफ्नो परिचय समेत दिन नसक्ने व्यक्तिहरुले अहिले निर्धक्कको साथ आफ्नो परिचय दिन सक्ने क्षमताको विकास भएकोले यस खालको कार्यक्रमले जनतालाई ठुलो सहयोग गरेको कुरा व्यक्त गर्नुभएको थियो । गाउँपालिका सँग सहकार्य गरेर यस सस्थाले गरेको कामप्रति आभार प्रकट भएको थियो ।

 कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल, सुनिलस्मृति गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष पवन कुमार कंवर, वडा नम्बर ३ का वडा अध्यक्ष दुर्गा बहादुर विष्ट, वडा नम्बर ४ का वडा अध्यक्ष ओविलाल वस्नेत, वडा नम्बर ५ का वडा अध्यक्ष मणि थापा, वडा नम्बर ७ का वडा अध्यक्ष रेशम शर्मा, वडा नम्बर ८ का वडा अध्यक्ष धनराज रोका मगर, गाउँकार्यपालिका सदस्य, गाउँपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरु, नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द, लगाएतको सहभागीता रहेको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य आड्रा नेपाल रोल्पाका कार्यक्रम संयोजक शशि पन्थीले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण तथा सञ्चालन ग्रामिन विकास तथा चेतना समाज (रुडास नेपाल) रोल्पाका कार्यक्रम संयोजक बिनोद रिजालले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array