Ad image

रोल्पा जिल्लामा अर्थशास्त्रमा पिएचडी गर्ने पहिलो व्यक्ति – सुदन कुमार ओली

मालश्री खबर
मालश्री खबर ६ असार २०८०, बुधबार
4 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर

मालश्री खबर असार ६ गते, रोल्पा

डा.सुदन कुमार ओली रोल्पा जिल्ला परिवर्तन गाउँपालिका–६ साविकको इरिबाङ गाविस वडा नम्बर ४ सेलाजुमा जन्मनु भएको हो । पिता दलबहादुर ओली र माता खिर्मी ओलीका कोखबाट जन्मनुभएका ओली, २ जना दाई र २ जना दिदी पछिको कान्छो सन्तान हुनुहुन्छ । ओलीका २ जना बहिनी पनि छन् ।

 

- Advertisement -
Ad image

वि.सं.२०४८ साल माघ ५ गते जन्मनु भएका ओलीको बाल्यकाल गाउँकै चाबाङको विद्यालयमा कक्षा १ देखि ५ कक्षा सम्मको अध्ययन गर्दै वित्योे । ६ कक्षा देखि ८ कक्षा सम्म ओलीले जीवन ज्योति माध्यमिक विद्यालय देवल टाँकुरा राँक ताप्लामा अध्ययन गर्नु भयो । ९ र १० कक्षाको अध्ययन भने सदरमुकामको बालकल्याण नमूना माध्यमिक विद्यालय गर्नुभयो । सदरमुकाम लिबाङ आएपछि विभिन्न संघ संस्थाहरुमा काम गर्ने अवसर पनि जु¥यो ।

ओली भन्नु हुन्छ ‘एस.एल.सी पछी लिबाङमै हुँदा म रेडक्रस सोसाइटीको जुनियर सर्कलको जिल्ला प्रिसिडेन पनि भए । एस.एल.सी पछी म प्लस टु अध्ययनका लागि काठमाडौ गएर पढे । मैले ब्याचर्लर र मास्टर्स लेभल काठमाडौबाटै गरे । त्यस्तै मास्टर्स पोखरा युनिभर्सिटीबाट पूर्ण छात्रवृतीमा र ब्याचर्लर त्रिभुवन युनिभर्सिटी अन्तर्गतको एसियन कलेज अफ हायर स्टडिजमा बाट गरे । त्यसपछि मास्टर्स पढाई पछी केही संघ संस्थाहरुमा पनि काम गरे ।’

‘एन.इए इन्जिनियरिङ कम्पनीमा आयोजनाको वित्तीय विश्लेषक÷इकोनोमिक्स रुपमा काम गरियो र झन्डै ४ हजार ५ सय मेगावाट भन्दा बढी हाइड्रोपावर प्रोजेक्टहरु विभिन्न स्टेजको वित्तीय विश्लेषण गरियो । मेरो मास्टर्स २०१७ अगस्टमा सकियो । २०१९ अगस्टको लागि पिएचडी गर्न चाइना गभर्मेन्टको फुल स्कर्लसिपमा वेइजिङ गए र भर्खरै अर्थशास्त्रमा विद्यावारिधि पिएचडी सकाए’ ओलीले थप्नु भयो ।

उहाँले केही दिन अगाडि मात्र चीनको वेइजिङ स्थित युनिभर्सिटी अफ इन्टरनेशनल विजनेस एण्ड इकोनोमिक्समा पिएचडी गर्नुभएको हो । लाग्न सक्छ रोल्पाको दुर्गम ठाउँ अझै भनौं त्यो भित्र पनि विकट पहाडी गाउँ जहाँबाट दुख संघर्ष गर्दै रोल्पा जिल्लाकै हिसाबले अर्थशास्त्रमा पिएचडी गर्नेमा पहिलो हुन सफल हुनुभयो ।

जिवनमा आउने नकारात्मक कुराको प्रतिकार गर्दै मेहनत र सकारात्मक कुरालाई अंगाल्दै जादा सफलता मिल्छ । जिवनमा घटेका सबै नकारात्मक कुरालाई बिर्सेर सकारात्मक पक्षलाई पच्छ्याउदै जादा हरेक कठिनाईलाई चिरेर सफलताको खुड्कीलामा पुग्न सकिने अनुभव ओलीले सुनाउनु भयो ।

ओलीले बाल्यकालको स्मरण गर्दै भन्नुभयो ‘दैनिक विद्यालय जान पाउने आवस्था कहाँ थियो र ! दाई विद्यालय जादा मैले घरको काम गर्नु पर्ने, म विद्यालय जादा दाईले घरको काम गर्नु पर्ने ।’

जंगलको विचमा घर भएकाले घर सम्म अहिले पनि सडक नपुगेको ओलीले बाताउनु भयो । घर वरिपरी जंगलै जंगल भएकाले ओलीको घर रिसोर्ट जस्तै देखिन्छ । ओलीका आमा बुबा अहिले पनि त्यही गाउँमै हुनुहुन्छ ।
ओलीले जीवनमा २ कुरालाई सधै पच्छ्याउनु भयो । पहिलो कुरा, आफुले जे गर्दै छु त्यो कुरा भित्री मन देखिनै गर्ने र दोस्रो कुारा भनेको सधै सकारात्मक सोचका साथ अगाडी बढ्ने । यी दुई कुराको ख्याल गरी लक्ष्य प्राप्त गर्नको लागि अग्रसर भएमा सफलताको चावी आफ्नै हातमा आउने बताउनु भयो ।

आफ्नो दृढ इच्छा शक्तिले गर्दा एकेडिमीक हिसाबले ओली उच्च तहमा पुगी सक्नु भएको छ । ओलीले आफ्नो जिवनलाई निरन्तर सिकाई सँगै जोडेर लैजाने बताउनु भयो ।

ओलीले कहिलेकाही फि तिर्ने पैसा पनि नभएको तितो अनुभव सुनाउनु भयो । इन्जिनियर पढ्ने भनी काठमान्डौ जानुभएका ओली आर्थिक अभावको कारणले म्यानेजमेन्ट पढ्नु पर्ने भयो । त्यस पश्चात ओलीले एम.विएस सक्काउनु भयो अनी अहिले पि.एच.डी । आर्थिक अभावले पनि जीवनलाई कहिलेकाही राम्रै मोडमा पु¥याउने ओलीले बताउनुभयो ।

ओली सानै देखि हजुर बुवासँग बसेको हुनाले यति ठुलो उपलब्धि हासिल गरी यहाँ सम्म आइपुग्नको लागि मुख्य प्रेरणको स्रोत हजुरबुवालाई ठान्नु हुन्छ । साथै बुवा आमा, साथीभाईले पनि थप हौसला र प्रेरणा दिएको कुरा ओलीले सुनाउनु भयो ।
इकोनोमिक्समा पि.एच.डी पास गर्ने जिल्लामा पहिलो व्यक्ति डा.सुदन कुमार ओली हुनुहुन्छ । ओलीले चीनको राजधानी वेइजिङस्थित युनिभर्सिटी अफ इन्टरनेशनल विजिनेश एण्ड इकोमोमिक्सबाट अर्थशास्त्रमा पिएचडी सकाउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array