Ad image

शिक्षकहरुका लागि बहुकक्षा बहुस्तर शिक्षण विधि तालिम जुगारमा सुरु

मालश्री खबर
मालश्री खबर ६ असार २०८०, बुधबार
3 Min Read
Aa

अमृत वली
मालश्री खबर, असार ६ गते

त्रिवेणी गाउँपालिकामा शिक्षकहरुका लागि बहुकक्षा बहुस्तर शिक्षण विधि सम्बन्धि तालिम सुरु भएको छ । तलिम त्रिवेणी गाउँपालिकामा रोल्पाको आयोजनामा सुरु भएको हो ।

तलिममा त्रिवेणी गाउँपालिका भित्रका १७ वटा विद्यालयका ३० जना शिक्षकहरु सहभागी भएका छन् । तालिममा बहु कक्षा, बहुस्तर शिक्षण पद्धतिको परिचय उदेश्य तथा महत्व, भिन्नता कक्षा कोठा व्यवस्थापन परिचय र तरिका बारेमा तालिम दिइने जनाइएको छ ।

- Advertisement -
Ad image

ब्यबहारिक अभ्यास पुनरावलोकन एकीकृत पाठयक्रम कक्षा १–३ परिचय अवधारण कार्यान्वयनको अवस्था, राष्ट्रिय प्रारम्भिक कक्षा पढाई दोस्रो चरण कार्यक्रम सम्बन्धि जानकारी दिइनेछ ।

कक्षा कोठामा विद्यार्थी बसाई व्यवस्थापन, नेपाली विषय हाम्रो सेरोफेरो, अङ्ग्रेजी, गणितको शैक्षिक सामग्री निर्माण र प्रयोग तरिका र ब्यबहारिक अभ्यास लगायतको विषयमा पनि प्रशिक्षण दिइने शैक्षिक सशक्तीकरण केन्द्रका दिपक रोकाले जानकारी दिनु भयो ।

प्रशिक्षण दिपक रोकाले अनुसार, वर्तमान समयमा बहुकक्षा बहुस्तर शिक्षण सिकाइलाई सिकाइको सन्दर्भमा नवीन प्रयोगका रुपमा लिने गरिएको छ । बहुकक्षा बहुस्तर शिक्षण सिकाइले विभिन्न कक्षाका विभिन्न सिकाइ स्तर भएका विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर सिकाउने तरिकालाइ जनाउँछ । यस किसिमको सिकाइमा विद्यार्थीहरुले आफ्नो क्षमता अनुसार एकै परिवेशमा बसेर सिक्ने अवसरप्राप्त गर्दछन् । बहुकक्षा बहुस्तर शिक्षण सिकाइमा विभिन्न उमेर समूहका बालवालिकाहरुको वैयक्तिक विभिन्नतालाई समेटेर सबैको आवश्यकता, रुचि तथा क्षमताको सम्बोधन हुने गरी शिक्षण सिकाइ प्रक्रिया अवलम्बन गरिएको हुन्छ । यस सिकाइमा एक भन्दा बढी कक्षाका फरक फरक सिकाइ स्तर भएका बालवालिकाहरु एकै समयमा एउटै कक्षाकोठामा र एउटै बसाई व्यवस्थापनमा रहेर सिक्ने गर्दछन् ।

यसका लागि शिक्षक भने एक पटकमा एक जना मात्रहुने गर्दछ । व्यक्तिले आफ्नो क्षमता अनुसार आफै सक्रिय भएर हुने सिकाइले यस प्रक्रियामा निरन्तरता पाउने छ । त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगरले उद्घाटन कार्यक्रममा बोल्दै शिक्षकहरु समुदायको एक जिम्मेवारी व्यक्ति भएको बताउनु भयो । अभिभावकहरुले बिस्वास गरेर आफ्ना बालबच्चाहरु सबै शिक्षकको जिम्मा लगाएका हुन्छन् । समाजमा कुनै पनि स–साना काम कार्यहरु गर्दा पनि शिक्षक संग सर–सल्लाह मागेर काम गर्ने गर्छन् ।

त्यसैले शिक्षकले पनि समुदायलाई नेतृत्व गर्ने एक नेतृत्वकर्ताको रुपमा आफुले बुझेको बताउनु भयो । शिक्षकले गाउँपालिकाको भौगोलिक सामाजिक, आर्थिक, शिक्षा, स्वास्थ्य लगायतको बारेमा बुझेको हुनाले यहाका समस्यालाई समाधान गर्न शिक्षकले, र सम्बन्धित सरोकारवाला निकाय समन्वय गरेर शिक्षा क्षेत्रलाई उकास्नु पर्ने बताउनु भएको छ ।

उद्घाटन कार्यक्रममा त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष लेखमणी डाँगी, प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी, कार्यपालिकाका सदस्य सम्झना तिरुवा, शिक्षा शाखा प्रमुख लिला घर्ती, रोजगार सहायक धन बहादुर बस्नेतको उपस्थित रहेको थियो । ८ दिन सम्म सञ्चालन हुने तालिमको प्रशिक्षकमा शैक्षिक सशक्तीकरण केन्द्रका दिपक रोका र जर्मन नेपाल सहयोग संघका केदार ढोला रहनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array