Ad image

सामी कार्यक्रमको बार्षिक समिक्षा गोष्ठी लिवाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर ५ असार २०८०, मंगलवार
3 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर, असार ५ गते

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले आर्थिक बर्ष २०७९–०८० को बार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । मंगलबार लिवाङमा उक्त कार्यक्रम सम्पन्न भएको हो । “स्वादेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ” भन्ने नारा सहित सामी कार्यक्रम रोल्पा जिल्लाका रोल्पा नगरपालिका, सुनिलस्मृति, त्रिवेणी र रुन्टीगढी गाउँपालिकाकामा सञ्चालन भईरहेका छन् ।

 

सामी कार्यक्रमको वारेमा जानकारी, रोल्पा जिल्लामा सामी कार्यक्रमले हाल सम्म गरेको प्रयासहरु, वैदेशिक रोजगरीको अवस्था, अवसर र चुनौतीहरु, वैदेशिक रोजगार सम्बन्धी ऐन तथा नीतिगत व्यवस्थाको बारेमा वैदेशिक रोजगार बोर्ड÷सामी कार्यक्रमका कार्यक्रम अधिकृत बिष्णु अर्यालले प्रस्तुती गर्नु भएको थियो । सूचनामा पहुँच, न्यायमा पहुँच, सीप विकास तालिम, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता सम्बन्धि सामी कार्यक्रमले जाकारी दिने अर्यालले बताउनु भयो । देशभर १ सय ६५ स्थानीय तहमा सामी कार्यक्रम सञ्चालन भएको बताउनु भएको छ ।

- Advertisement -
Ad image

नेपालबाट प्रति वर्ष करिब ५ लाख भन्दा बढि श्रमशक्ति श्रम बाजरमा प्रवेश गरेको पाईएको छ । सीमित रोजगारीका अवसार, गरीबी लगायतका कारण वैदेशिक रोजगारीमा आकर्षित भएको पाईएको छ । आर्थिक वर्ष २०७९–०८० को तीन महिनाको तत्थ्यांक अनुसार नेपालबाट श्रम स्वीकृत लिएर वैदेशिक रोजागरमा जानेको संखया ६९ लाख नाघिसकेको छ भने दैनिक सरदर २ हजार ५ सय जना वैदेशिक रोजगरामामा जाने गरेको देखिएको छ । वैदेशिक रोजागरीमा जानेहरुको मुख्य गन्तव्य मलेसिया र खाडी मुलुक बनेको तत्थ्यांकमा देखिएको छ ।

रोल्पाका सबै स्थानिय तहका जम्मा १४ हजार ५ सय ४२ जना लाई आप्रवासी स्रोत केन्द्रबाट सूचना तथा परामर्श सेवा प्रदान गरीएको छ । निःशुल्क कानुनी सहायता अन्तर्गत सामीले १० वटै स्थानिय तहलाई ३ करोड, ३२ लाख २८ हजार आर्थिक सहायत प्रदान गरेको अर्यालले बताउनुभयो । सामी कार्यक्रमले आगामी आर्थिक बर्ष २०८०–८१ मा रोल्पा नगरपालिकालाई ६५ लाख, सुनिलस्मृति, परिवर्तन र रुन्टीगढी गाउँपालिकाको लागि २३÷२३ लाख बजेट स्वीकृत गरेको छ ।

रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्तिको अध्यक्षतामा सुरुवात भएको कार्यक्रको अथितिथीमा रोल्पा नगरपालिकाका उप–प्रमुख गिता आचार्य, सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकी, उपाध्याक्ष मिना थापा, रोल्पा नगरपालिकका प्रमुख प्रसासकीय अधिकृत महेन्द्र पराजुली, प्रहरी प्रवक्ता प्रकाश भुसाल, रहनु भएको थियो । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम रोल्पाका संयोजक शरद पोख्रेलले सञ्चालन गर्नुभएकोे कर्याक्रममा विभिन्न सञ्चार माध्यममा आवद्ध क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array