Ad image

जवरजस्ती करणी मुद्दाका फरार अभियुक्त ३८ बर्ष पछि पक्राउ

मालश्री खबर
मालश्री खबर ३ असार २०८०, आईतवार
1 Min Read
Aa

हिमा खड्का

मालश्री खबर, असार ३ गते, रोल्पा

रोल्पामा जवरजस्ती करणी मुद्दाका फरार रहेको सरजन राना क्षेत्री भनि चिनिने सर्वजित ३८ बर्ष पछि पक्राउ परेका छन् ।

गंगादेव गाउँपालिका ६ झारखोलाका, ६२ बर्षका सरजन राना क्षेत्री भनी चिनिने सर्वजित राना असार १ गते त्रिवेणी गाउँपालिका ३ कोईलाबाट पक्राउ परेका हुन् ।

- Advertisement -
Ad image

फरार रहेका सर्वजितलाई रोल्पा जिल्ला अदालतले बि.स. २०४२ कार्तिक १९ गतेको जवरजस्ती करणी मुद्दा फैसला गरेको थियो । त्यसपछी उनी फरार रहेका थिए ।

रानालाई ३ बर्ष ३ महिना १८ दिन कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय रोल्पामा चलान गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक प्रकाश भुसालले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array