सुर्य प्रकाश बुढा मगर
मालश्री खबर, असार ३ गते
भूमे गाउँपालिकाले आयोजना गरेको ५२ किलोमिटर दुरिको पाचौं गुरिल्ला अल्ट्रा ट्रेल रेस प्रतियोगिता सम्पन्न भएको छ ।

५२ किलोमिटर अन्तर्गत पुरुष तर्फको उपाधि रुकुम पश्चिम सानीभेरी गाउँपालिका ३ का भुवन ओलीले जिते । निर्धारित ५२ किलोमिटर दुरी ६ घण्टा ८ मिनेट ९ सेकेण्डमा पार गर्दै ओली पुरुष तर्फ प्रथम हुन सफल भए । रुकुम पश्चिम सानीभेरी गाउँपालिका ३ कै अर्जुन कुमार बस्नेतले निर्धारित दुरी ६ घण्टा ८ मिनेट १९ सेकेण्डमा पार गर्दै दोस्रो भए । भूमे गाउँपालिका–३ का शक्तिराम रोका निर्धारित दुरी ६ घण्टा १५ मिनेटमा पार गर्दै तेस्रो भए । रोल्पा थबाङ गाउँपालिका–१ का मनकुमार रोकामगरले ६ घण्टा २३ मिनेट १ सेकेण्डमा पुरा गर्दै चौंथो भए ।
त्यस्तै रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ का दुर्गाराज बुढा पाँचौं, सानीभेरी गाउँपालिका–३ का लक्ष्मण केसी छैटौं, भूमे गाउँपालिका–२ का हिमाल बुढा सातौं, भूमे गाउँपालिका–१ का माइकल घर्ती आठौं, पुथाउत्तरगंगा गाउँपालिका १० का दशरथ बुढा नवौं र भूमे गाउँपालिका ६ का राजिधन बुढा दशौं भए ।
पुरुष तर्फ २५ धावकले प्रतिस्पर्धा गरेका थिए । महिला तर्फ निर्धारित ५२ किलोमिटर दुरी ८ घण्टा १५ मिनेटमा पार गर्दै सोलुखुम्बुकी अनिता राई प्रथम भए।९ घण्टा १० मिनेट ३ सेकेण्डमा दुरी पार गर्दै भूमे गाउँपालिका–८ की सोनिका खड्का द्वितीय र १० घण्टा १५ मिनेट २ सकेण्डमा दुरी पार गर्दै भूमे ६ की अनिता बुढामगर तृतिय भए ।
महिला तर्फ ९ धावकले प्रतिस्पर्धा गरेका थिए । महिला र पुरुषको पुरस्कार सम्मान राखिएको थियो । महिला र पुरुष विजेताले ५० हजार, उपविजेताले ३० हजार,तेस्रोले १५ हजार र चौंथो स्थान हासिल गर्नेले ८ हजार नगद पुरस्कार प्राप्त गरे।पाँचौं देखि दशौं स्थानसम्म हाँसिल गर्ने धावकले समान ५ हजार नगद पुरस्कार पाएका थिए । भूमे गाउँपालिका वडा नम्बर ६ महतबाट सुरु भएको दौड ऐतिहासिक गाउँ रोल्पाको थवाङ,जलजला,मारिङ लगायतका ठाउँ हुँदै वडा नम्बर २ को खाबाङ बगर पुगेर सम्पन्न भएको थियो ।





प्रतिक्रिया दिनुहोस्