Ad image

विद्यालय छाड्ने सामाजिक सवाल विरुद्ध सरोकारवालसँग बहस तथा पैरवी कार्यक्रम सम्पन्न

मालश्री खबर
मालश्री खबर २ असार २०८०, शनिबार
2 Min Read
Aa

भरत विश्वकर्मा/असार २ गते,

सुलिचौर रोल्पा ।

विद्यालय छाड्ने सामाजिक सवाल विरुद्ध सरोकारवाला समक्ष बहस तथा पैरवी कार्यक्रम सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ बाग्मामा सम्पन्न भएको छ । कार्यक्रम सहयोगी किशोरकिशोरी संजालका अध्यक्ष ठगेन्द्र सुनारको अध्यक्षतामा भएको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा सुनिलस्मृति गाउँपालिका ४ का वडा अध्यक्ष ओविलाल बस्नेत रहनुभएको थियो ।


कार्यक्रम स्ट्रोम फाउन्डेशन र सहयोगी हातहरुको समुह (सहास) नेपालको आर्थिक सहयोग, सहयोगी किशोरकिशोरी संजाल सहास रोल्पाको आयोजना र सुर्योदय माध्यमिक विद्यालय सुलिचौर रोल्पा, जनता आधारभुत विद्यालय कोइरालखकर्, र सरस्वती प्राथमिक विद्यालयसँगको समन्वयमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रमले विद्यालय छोड्ने प्रबृत्ति लाई न्यूनीकरण गर्नको लागि सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउने, विद्यालयको शैक्षिक स्तरमा सुधार गर्ने, बिद्यालय प्रशासन तथा वडा पालिकाले शिक्षा क्षेत्रको विकासको लागी के कस्ता खालको कार्यक्रम गर्ने लगाएतको विषयमा वडाका जनप्रतिनिधि, बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्र.अ., किशोरकिशोरी लगाएतको बिच बहस भएको सहयोगी किशोरकिशोरी संजालका अध्यक्ष ठगेन्द्र सुनारले जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

 

प्रमुख अतिथिको रुपमा रहनुभएका सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ओविलाल बस्नेतले विद्यालयको विकासको लागी वडाले सक्ने बजेट छुट्याउने र थप आवश्यक बजेटको लागी गाउँपालिका सँग माग गर्ने बताउनुभयो । विद्यार्थीलाई विद्यालय छाड्ने समस्यालाई कम गर्नका लागी बालबालिका लाई विद्यालयमा आर्कषण गर्ने खालको कार्यक्रम आगामी समयमा लागु गर्ने बताउनुभएको थियो ।

 

कार्यक्रममा सुनिलस्मृति गाउँपालिका वडा ४ का वडा सदस्य सुर्य रोका, सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ भित्र रहेका सामुदायिक विद्यालयहरु जनता आधारभुत विद्यालय कोइरालखर्कका प्र.अ. यमराज बि.सि., सरस्वती प्राथमिक विद्यालय बाग्मा का शिक्षक अभिभाव संघका अध्यक्ष गिर बहादुर बस्नेत र शिक्षक डोर बहादुर रोका मगर लगाएत संजालका सदस्य हरुको सहभागीता रहेको जानकारी दिएको छ ।

कार्यक्रममा उल्लेखित विषयवस्तुको बारेमा प्रस्तुतीकरण संजाल को उपाध्यक्ष बिमला बुढाथोकी, झरना पुन मगर र चेत्मा महराले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव सज्जन विश्वकर्माले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array