लोकेन्द्र चन्द/मालश्री खबर, असार २ गते
सत्प्रयास समुह रोल्पाले रोल्पा अस्पताल रेउघा रोल्पाका कार्यरत डाक्टर रेश्मा घर्तिमगरलाई एक कार्यक्रमको बिच शनिबार लिबाङमा प्रशंसा पत्र सहित सम्मान तथा बिदाइ गरेको छ । एक बर्ष अगाडी डाक्टर पास गरेर रोल्पा अस्पताल रेउघा रोल्पामा २०७९ साल असार १ गते हाजिर हुनु भएको डाक्टर घर्तिमगर आफ्नो एक वर्षको अबधि सकाएर उच्च शिक्षा अध्ययन गर्नको लागी जिल्ला बाहिर जान लागेको भन्दै सत्प्रयास समुह रोल्पाकाले सम्मान एंव बिदाइ गरेको हो ।
रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्तिको प्रमुख आतिथ्यता र रोल्पा नगरपालिका उपमेयर गिता आचार्यको बिशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको आयोजकले जानकारी दिएको छ । सत्प्रयास समुह रोल्पाले रोल्पा जिल्लामा बिभिन्न प्रकारको मानविय र सामाजिक सेवा तथा सचेताना मुलक अभियान र स्वास्थ्य शिबिर संचालन गर्दै आएको समुहको अभियान्ता एंव स्वास्थ्य कर्मि कुल बहादुर डाँगीले जानकारी दिनु भएको छ । सोहि अभियानमा डाक्टर रेश्मा घर्तिमगर पनि जोडिएर काम गर्दै आएको हुनाले समुहले डाक्टरलाई सम्मान एंव बिदाइ गरिएको डाँगीले बताउनु भएको छ ।
सम्मान एंव बिदाइ कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्तिले आम रोल्पालीहरुको लागी अहिले पनि डाक्टर पढ्ने कुरा ठुलो कुरा भएको भन्दै रोल्पाकै चेली डाक्टर पढे्र रोल्पामै आएर रोल्पालीहरुको एक बर्ष सेवा गरेको भन्दै डाक्टर घर्तिलाई धन्यवाद दिनु भयो । अब थप उच्च शिक्षा अध्ययन गर्न रोल्पा छोडेर जादा रोल्पालीहरुलाई तत्काल ठुलो घाटा लागे पनि पछि बिशेषज्ञ डाक्टर बनेर आएमा रोल्पालाई फेरी ठुुलो फाइदा हुने बताउनु भयो । उच्च शिक्षा अध्ययन पछि रोल्पा नै आएर रोल्पालीको सेवा गर्नको लागी समेत मेयर घर्तिले डाक्टर रेश्मालाई आग्रह गर्नु भएको छ । रोल्पालीहरुको अहिले पनि डाक्टर पढ्ने पढाउने ठुलो कुरा भएको हुनाले अब रोल्पा नगरपालिकाले हरेक बर्ष दुई जनालाई निशुल्क छात्रवृत्तिमा डाक्टर पढाउने कार्यक्रम ल्याउने सोचमा रहेको समेत मेयर घर्तिले बताउनु भएको छ ।
कार्यक्रममा सम्मानित एंव बिदाइ हुनु भएको डाक्टर रेश्मा घर्तिमगरले आफु डाक्टर पढेर आफु जन्मेको ठाँउ रोल्पामानै आएर रोल्पालीको सेवा गर्न पाँउदा आफु निकै खुशि भएको अनुभुती व्यक्त गर्नु भएको छ । अझै पनि आफु रोल्पामा बसेर रोल्पालीको सेवा गर्ने इच्छा हुंदा हुदै पनि रोल्पा छोड्नु पर्ने आफ्नो बाध्यता भएको बताउनु भएको छ । उच्च शिक्षा सकाएर आफु फेरि पनि रोल्पालीको सेवा गर्न रोल्पा नै आउने समेत बताउनु भएको छ । डाक्टर घर्तिले आफु सत्प्रयास समुह सँग जोडिएर रोल्पालीको थप सेवा गर्ने अवसर गरेको बताउदै डाक्टर घर्तिमगरले यस्तो अवसर प्रदान गरेको भन्दै सत्प्रयास समुह रोल्पालाई धन्वाद दिनु भएको छ । आफु अध्ययनको लागी केहि समय जिल्ला बाहिर जानु पर्ने भए पनि सधै रोल्पा अस्पताल र सत्प्रयास समुह सँग कहिनकहि जोडि रहने समेत बताउनु भएको छ ।
कार्यक्रममा कार्यक्रमका बिशिष्ट अतिथि रोल्पा नगरपालिका उपमेयर गिता आचार्य, नेपाल पत्रकार महासघ रोेल्पाका सचिव लोकेन्द्र चन्दले पनि मनतव्य राख्नु भएको थियो । सत्प्रयास समुह रोल्पाका सदस्य एंव अभियानता काशिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा सत्प्रयास समुह सँग आबद्ध अभियान्ताहरु, डाक्टर, बिभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजिकरण सत्प्रयास समुह रोल्पाका सदस्य एंव अभियान्ता खेम बहादुर बुढामगरले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्