Ad image

रुकुम-रोल्पा गुरिल्ला म्याराथन प्रतियोगिताको आयोजना

मालश्री खबर
मालश्री खबर २ असार २०८०, शनिबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर
मालश्री खबर असार २ गते

रुकुम पुर्वको भूमे गाउँपालिका र रोल्पाको थवाङ गाउँपालिकाको भू–भागलाई समेटेर यो बर्ष पनि पाँचौ गुरिल्ला म्याराथन प्रतियोगिताको आयोजना गरिएको छ ।

युद्धकै झल्को दिनेगरी गुरिल्ला म्याराथन प्रतियोगिता आयोजना गरिएको हो । तत्कालीन माओवादी केन्द्रले १० वर्षे जनयुद्धको समय सशस्त्र युद्ध सञ्चालन गरी युद्धमा गुरिल्लाहरुले हिँडेका गोरेटो, तालिम र सेल्टर लिएरका केन्द्र तथा गाउँ बस्तीहरु समेटेर दुई जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने गरि प्रतियोगिताको आयोजना गरिएको म्याराथन प्रतियोगिताका संस्थापक अध्यक्ष तथा अभियान्ता सुनिल रोका मगरले बताए ।


स्थानीय संस्कृति जनजीवन भूगोलका साथै युद्ध पर्यटनलाई विकास र विस्तार गर्दै तत्कालीन जनयुद्धको ऐतिहासिकतालाई प्रचार प्रसार गर्न र जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप प्रतियोगिताको आयोजना गरिएको गरिएको भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र सिंह श्रेष्ठले बताए ।

- Advertisement -
Ad image

यो बर्ष ५२ किलोमिटर र १० किलोमीटरको दुई विधामा महिला र पुरुष म्याराथन प्रतियोगिता आयोजना गरिएको छ । स्थानीय तह आएपछि रुकुम पूर्वको भूमे गाउँपालिका स्थापना भए देखि हरेक बर्ष म्याराथन प्रतियोगिता सञ्चालन गर्दै आएको छ । म्याराथन खेलले रुकुम पूर्व र रोल्पाको यी क्षेत्रहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुगेको देखिन्छ ।

पालिकाले प्रत्येक वर्ष बजेट विनियोजन गरेर खेललाई ब्राण्डिङ गरेको भूमे गाउँपालिकाका अध्यक्ष होम प्रकाश श्रेष्ठले बताए । १० वर्षे सशस्त्र जनयुद्धको उद्गम थलो महत गाउँबाट सुरु हुने दौड प्रतियोगिता लाबाङ, रोल्पाको घामचिन, धङनेई, जलजला, चलाबाङ, थबाङ, मारिङ हुँदै खाबाङ बजार छिचोलेर ५० किलोमिटर लामो दुरी रहेको छ । त्यस्तै १० किलोमीटर फन रन अन्तर्गत महत गाउँबाट सुरु भइ सेवङपो, खाबाङ तिला, मारिङ, खाबाङ गाउँ हुँदै खाबाङ बजारमा टुङ्गिने छ ।

प्रतिक्रिया दिनुहोस्

Array